२०८३, १४ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

राष्ट्रिय जनमोर्चा अर्घाखाँचीको अक्टोबर क्रान्ति धातिवाङ्गमा

२०७३, २३ फाल्गुन सोमबार १७:२८

जितेन्द्र खत्रि/फागुन २३, अर्घाखाँची । राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले संचालन गरेको अक्टोबर क्रान्तिको शतबार्षिकी अभियान अन्र्तगत धातिवाङ्ग गा.वि.स.मा भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

राष्ट्रिय जनमोर्चाका नेता देवी भुसालको अध्यक्षता र धन बहादुर जि.एम.को संचालनमा सम्पन्न भएको कार्यक्रममा राष्ट्रिय जनमोर्चा राप्ती लुम्बिनी क्षेत्रीय उपाध्यक्ष तथा टोली नम्बर एकका संयोजक शेर बहादुर बि.सी राष्ट्रिय जनमोर्चाका जिल्ला सचिव गोपाल पौडेलले प्रशिक्षण मन्तव्य राख्दै अक्टोबर क्रान्तिको महत्व र देशको समसामयिक राजनितिमा राष्ट्रिय जनमोर्चाको भुमिकाको बारेमा स्पष्ट पार्नु भएको थियो ।

भेलाले शान्ता जि.सी.को अध्यक्षतामा राष्ट्रिय जनमोर्चा धातिवाङ्ग संगठन समितिको गठन गरेको राष्ट्रिय जनमोर्चाका जिल्ला सचिव गोपाल पौडेलले जानकारी दिनुभएको छ ।यसैबिच अक्टोबर क्रान्तिको शतबार्षिकी अभियान अन्र्तगत अर्को टोलीले आजै वाँगी गा.वि.स. मा भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ .।

राष्ट्रिय जनमोर्चा वाँगी गाविस अध्यक्ष वीर बहादुर कुँवरको अध्यक्षता, मुकुन्द आचार्यको स्वागत मन्तव्य र कोषाध्यक्ष कृष्ण प्रसाद पन्थीको सञ्चालनमा  सम्पन्न भएको कार्यक्रममा राष्ट्रिय जनमोर्चाका नेता तथा टोलि नं २ का संयोजक सागर के.सी.,अखिल नेपाल किसान संघका केन्द्रीय महासचिव कृष्ण केसी, जिल्ला सदस्य भिमलाल आचार्य, अखिल छैठौंका केन्द्रीय उपाध्यक्ष देवेन्द्र कुँवर, अखिल नेपाल महिला संघ जिल्ला सदस्य तुलसा कुँवर र राष्ट्रिय जनमोर्चाका पुर्व जिल्ला सदस्य गिरि प्रसाद आचार्यले प्रशिक्षणात्मक मन्तव्य राख्नुभएको थियो ।

सयौंको संख्यामा राष्ट्रिय जनमोर्चा बाँगीका नेता तथा कार्यकर्ताहरु सहभागी भएको कार्यक्रममा अखिल नेपाल बुद्धिजीवी संघका प्रतिनिधि दिनेश केसी, युवक संघका जिल्ला सदस्य गोविन्द आचार्य, रक्तिम साँस्कृतिक अभियानका जिल्ला सहसचिव सतिश कुुवर, अखिल नेपाल शिक्षक संघका जिल्ला सदस्य रामलाल भुसाल, र जातीय समता समाजका प्रतिनिधि कर्ण बहादुर वि.क.को बिशेष उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एक खर्ब ८१ अर्बको पेट्रोलियम पदार्थ आयात मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु कांग्रेस संसदीय दलको बैठक सुरु विदेश पठाइ दिन्छु भन्दै लाखौ ठगी गरेको आरोपमा ६ जना पक्राउ एमालेका अध्यक्ष ओलीद्वारा इदको शुभकामना सुनचाँदीको मूल्य घट्यो मानव अधिकार उल्लंघन गर्नेलाई ६ महिना निलम्बन गर्न आयोगको सिफारिस जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेस हुने रवि लामिछानेमाथि फौजदारी अभियोगमा अनुसन्धान गर्न माग ओली, लेखक र गुरुङलाई ५ वर्ष चुनाव लड्न नदिन र ३ वर्ष विदेश जान नदिन सिफारिस आगामी आर्थिक वर्षमा करिब १ खर्बको काठ बेच्ने लक्ष्य छ: मन्त्री चौधरी संसद्ले नै बनाएको सरकारले संसद्लाई नै उपेक्षा गर्‍यो भने संसद्को अवस्था के हुन्छ ?: सांसद पन्त त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश