फागुन २५, काठमाडौं । मधेशी मोर्चाका शीर्ष नेता महेन्द्र राय यादवले मधेशको जुनसुकै भागमा एमालेले कार्यक्रम गर्दा अब अवरोध गर्ने कुनै नीति नरहेको स्पष्ट पारेका छन् । Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन २५, काठमाडौं । मधेशी मोर्चाका शीर्ष नेता महेन्द्र राय यादवले मधेशको जुनसुकै भागमा एमालेले कार्यक्रम गर्दा अब अवरोध गर्ने कुनै नीति नरहेको स्पष्ट पारेका छन् ।
2026-07-25 09:39 PM
काठमाडौँ - KTM

अब एमालेलाई हामी मधेसमा स्वागत गर्छौं: यादव

फागुन २५, काठमाडौं । मधेशी मोर्चाका शीर्ष नेता महेन्द्र राय यादवले मधेशको जुनसुकै भागमा एमालेले कार्यक्रम गर्दा अब अवरोध गर्ने कुनै नीति नरहेको स्पष्ट पारेका छन् ।

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा यादवले भने,‘अब एमालेले मधेशको जुनसुकै भागमा पनि आफ्नो कार्यक्रम तथा अभियान गर्न पाउँछ, मधेशी मोर्चाले हिजोपनि विरोध गरेको थिएन, र भोलिका दिनमा पनि विरोध गर्दैन् ।’

यादवले एमालेलाई आफूहरुले तराई–मधेशमा कहिल्यैपनि निषेध गर्ने भनेर नभनेको र अब पनि नगर्ने स्पष्ट पारे । उनले भने,‘एमालेले मेची–महाकाली अभियान सप्तरीबाटै सुरु गर्नुहोस, हामी विथोल्दैनौं, विरोध गर्ने हाम्रो कुनै नीति छैन, यदि तपाईहरुको कार्यक्रम हाम्रा कार्यकर्ताहरुले विथोलेका छन्, हामीलाई नाम दिनुहोस्, हामी उनीहरुलाइ कारवाही गर्न तयार छौं, सरकारलाई भनेर हामी कारवाही गरउाँछौं ।’

उनले मोर्चाले आह्वान गरेको दुई दिने बन्दको कार्यक्रममा पनि एमाले नेताहरुको घर, पार्टी कार्यालय तोडफोड नगरेको बताउँदै भने,‘हामीले त्यस्तो गरेका छैनौं, यदि कसैले त्यस्तो गरेको छ भने त्यो घुसपैठ हो, हामीले गरेकै छैनौं, हामीलाई बद्नामा गराउन खोजिएको छ ।’ उनले यही २७ गतेबाट एमालेले हेटौंडाबाट सुरु गर्ने अभियानमा मोर्चाले कुनैपनि किसिमको अवरोध तथा विरोधका कार्यक्रमहरु नगर्ने स्पष्ट पारे । उनले भने,‘उहाँहरुले अभियान चलाउन पाउनुहुन्छ, त्यो उहाँहरुको अधिकारको कुरा हो ।’

उनले सप्तरी घट्नामा मोर्चालाई दोष लगाउने काम कपोकल्पित मात्रै भएको आरोप लगाए । उनले भने,‘एमालेको अभियानबारे मधेशी जनतामा आक्रोश थियो, यो घट्नामा सरकार जिम्मेवार छ, निहत्था जनतामाथि गोली चलाउने आदेश कसले दियो ?, यो नश्लवादी गतिविधि हो ।’

उनले घट्नाको दोष आफूहरुलाई दिनु गलत भएको दाबी गरे ।‘यादवले थपे,‘घट्नामा संलग्न दोषीहरुलाई कारवाही होस्, एमालेले पनि गम्भिर विषय उठाएको छ, हत्या प्रयास भनेर, यसको छानविन होस्, उहाँहरुको कुराबाट हामी पनि चिन्तित छौं ।’

उनले एमालेले पनि आफ्नो व्यवहार र बोलीमा सच्याउनुपर्ने माँग गरे । उनले भने,‘संसदभित्रबाटै समस्याको हल गर्नुपर्छ, अफवाह र झुटो बोल्ने काम भएको छ, यो बन्द गर्नुपर्छ ।’ यादवले आफूहरुले सरकारलाईपनि ज्ञापनपत्र बुझाईसकेको बताउँदै भने,‘हामीले सरकारलाईपनि ज्ञापनपत्र बुझाएका छौं, ७ दिनको अल्टिमेटम दिएका छौं ।’ यादवले एमालेले मधेशी जनताहरुलाई उत्तेजित बनाउने काम गरेको गुनासो पोख्दै थपे,‘मधेशी जनतालाई दोस्रो दर्जाको नागरिक भन्ने काम गर्यो, यस्तो गर्नुहुँदैन्थ्यो ।’

यादवले सप्तरी घट्नाले कसैको पनि भलो नगर्ने स्पष्ट पारे। उनले मुलुकको समस्याको समाधानको लागि संविधान संशोधन पास गर्नुपर्ने र पहिले केन्द्रको चुनाव गर्नुपर्ने उनको तर्क थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ