2026-09-08 01:14 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

समस्यापूर्ण बन्दै खुम्जुङस्थित चोलापास

फागुन २६, सोलुखुम्बु । नेपालकै उत्कृष्टमध्येको पर्यटकीय क्षेत्र सोलुखुम्बुको खुम्जुङस्थित चोलापास पूर्वधार अभावमा जोखिमपूर्ण बन्दै गएको छ । 

बाह्रै महिना हिउँले ढाकिरहने यो पासमा एरो बोर्डसमेत नहुँदा विदेशीले बाटो भुलेर ज्यानसमेत गुमाउने गरेका छन् । धेरै पर्यटक पुग्ने र बर्सेनि पर्यटकको ज्यान लिने चोलापास पूर्वाधार अभावमा झन झन जोखिमपूर्ण बन्दै गएको हो । 

सोलुखुम्बुको प्रसिद्ध पर्यटकीयस्थल गोक्यो तालको भ्रमण पूरा गरी सगरमाथाको आधार शिविरतर्फ जाँदा पार गर्नुपर्ने चोलापास पूर्वाधार अभावमा जोखिमपूर्ण बन्दै गएको हो । समुद्र सतहबाट पाँच हजार ४२० मिटरको उचाइमा रहेको सोलुखुम्बुकै खतरनाक मानिने चोलापासमा राम्रो बाटोघाटो नभएका कारण दिनानुदिन जोखिमपूर्ण बन्दै गएको हो । 

बर्सेनि तापक्रम वृद्धिले भू–बनावट परिवर्तन भइरहँदा भएका बाटोघाटोको नाम–निशाना भेटिँदैन, ग्लेसियर पग्लिएर ठाउँ ठाउँमा पोखरी र खर्पस बन्न थालेपछि यस क्षेत्रको बाटो झन कठिन बनेको पर्यटन व्यवसायी मिङमार शेर्पाले बताउनुभयो । 

यसैका कारण चोलापास पार गर्ने क्रममा एक्लाएक्लै हिँड्ने कतिपय विदेशी नागरिक हराउने गरेका छन् । साहसिक पर्यटकीय पदमार्गको नामले समेत चिनिने चोलापासमा भएको बाटो हिउँले पुर्ने वा हिउँ पग्लेर चलायमान हुने हुँदा पर्यटक हराउने गरेका छन् । 

चोलापास पार गर्दा विभिन्न ठाउँमा भएका ढिस्का छल्दै हिँड्नुपर्दछ । बढी समय हिउँले ढाकिएको अप्ठ्यारो बाटो अन्दाजको भरमा हिँड्नु निकै चुनौतीपूर्ण हुन्छ । चोलापासमा मात्र होइन चोलापास पार गरिसकेपछि पनि अप्ठ्यारो बाटो काट्नुपर्ने भएकाले यो पासलाई खतरनाक मानिएको टे«किङ व्यवसायी राम बम्जन बताउनुहुन्छ । 

सगरमाथा आधार शिविर तथा कालापत्थरको यात्रा पार गरी गोक्यो ताललगायतका क्षेत्र हेर्न चाहनेले चोलापास गर्नैपर्छ वा गोक्यो क्षेत्रको भ्रमण सकेर आधार शिविर वा कालापत्थर जान चाहने हो भने पनि चोलापास पार गर्नैपर्छ । पर्यटकको समस्या समाधानका लागि ठाउँठाउँमा फलामको पोल गाडी डोरी टाँग्ने व्यवस्था मिलाउनुपर्ने टे«किङ व्यवसायीको भनाइ छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल