२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

बन्दको प्रभाव भित्री मधेशमा, बजार पसल यातायात ठप्प

२७ फाल्गुन २०७३, शुक्रबार ०६:४५



अजयकुमार साह/फागुन २७, उदयपुर । सप्तरी घटनाको विरोध गर्दै २८ दलीय संघिय गठबन्धनले गरेको आज शुक्रबारको नेपाल बन्दको कार्यक्रमले उदयपुर सदरमुकाम लगायत भित्री मधेशका जिल्लाहरुमा प्रभाव पारेको छ ।

घटनाको न्यायीक छानबीन गरी दोषि माथि कारबाही, मृतकलाई शहीद घोषणा, परिवारलाई क्षतिपूर्ति र घाइतेको उपचार जस्ता माग राखेर गरिएको नेपाल बन्दका कारण जिल्लाका तिन वटै क्षेत्रमा यातायात, कलकारखाना, बजार, पसल ठप्प रहेको छ ।

बन्दका कारण लामो दुरी र छोटो दुरीका सवारीसाधन, मालबाहक गाडीहरु सडकमै अलपत्र परेको छ भने, हलुका सवारी साधनहरु चलेको छैन् । सदरमुकाम गाईघाट आसपासमा भने मोटरसाईकल सम्म चलिरहेको छ ।

बन्द सफल पार्न मोर्चा आवद्ध पार्टिका नेता, कार्यकर्ताहरुले विहानै देखी गाईघाट बजारमा नाराबाजी गर्दै बजार पसल बन्द गराएकाछन् । बन्दको क्रममा कुनै पनि किसिमको अप्रिय घटना घट्न नदिनका लागि विहानै देखि सुरक्षाकर्मीहरु व्यापक रुपमा परिचालन गरिएको छ ।


मोर्चा सम्बद्ध नेता कार्यकर्ताहरु शान्तिपूर्वक आन्दोलनका कार्यक्रमहरुमा सहभागी भईरहेको मोर्चा आबद्ध मधेशीजनअधिकार फोरम गणतान्त्रिकका जिल्ला अध्यक्ष खेमनारायण यादव(राहुल) ले बताएकाछन् ।

बल प्रयोग गर्नै नपर्ने ठाउँमा प्रहरीले अन्धाधुन्ध गोली चलाएको, सप्तरी घटनामा नेकपा एमाले र सरकार गैर जिम्मेबार बनेको आरोप लगाउँदै २८ दलीय संघीय गठबन्धनले दबाबका लागि नेपाल बन्दको आह्वान गरेको जनाएको छ ।

यता नेपाल बन्द सफल बनाउन गठबन्धनले सहकर्मी दल र मोर्चाहरुलाई कडाईका साथ बिहानैदेखि काठमाडौंको दुई दर्जन स्थानमा खटाएको छ । देशव्यापी जिल्लाहरुमा पनि बन्द सफल बनाउन गठबन्धनले मातहतका दल र मोर्चाहरुलाई कडा निर्देशन जारी गरेको छ । सप्तरीको मलेठमा सशस्त्र प्रहरीले चलाएको गोलि लागि चार जनाको मृत्यु र दर्जनौं गम्भीर घाइते भएपछि आक्रोशित बनेको संघीय गठबन्धनले सप्तरी घटनाको उच्चस्तरिय न्यायीक छानबीन गरी दोषि माथि कारबाही, मृतकलाई शहीद घोषणा, मृतकका परिवारलाई क्षतिपूर्ति र घाइतेको उपचार जस्ता माग पूरा गर्न सरकारलाई दबाब दिन नेपाल बन्द आह्वान गरिएको गठबन्धनले जनाएको छ ।

सप्तरीमा भएको हत्याकाण्डको न्याय प्राप्ति र उत्पीडित समुदायहरुको समान अधिकार प्राप्तिको निम्ति भोलि फागुन २७ गते घोषणा गरिएको नेपाल बन्दको कार्यक्रमलाई सहयोग गर्नु हुन यातायात व्यवसायी, शैक्षिक संस्थाहरु, व्यापारी व्यवसायी तथा सम्बन्धित सबैलाई गठबन्धनले अपिल समेत गरेको छ ।


यता मधेशी मोर्चासहित संघीय गठनबन्धनको समर्थनमा गरिएको आम हड्तालका कारण पूर्वका सुनसरी मोरङ,  धनकुटा, भोजपुर , इलाम, पाचथर संखुवासभा लगाएतका जिल्लामा विहानैदेखि यातायात, कलकारखाना, शैक्षिक संस्था, व्यवसायिक फर्म पूर्ण रुपमा ठम्प रहेका छन् भने मोटरसाइकल एम्बुलेन्स, दूधको गाडीलाई निर्वाध रुपमा चल्न दिएका छन् । यता  भारतीय ज्यादतिविरुद्ध समेत आफुहरु ले आन्दोलन सुरु गरेको मोर्चाले जनाएको छ ।

मोर्चाका कार्यकर्ताले बन्दको पूर्वसन्ध्यामा विहिबार सप्तरीको राजविराजस्थित औद्योगिक क्षेत्रअगाडि एउटा बसमा आगजनी गरेका छन् । रुपनीबाट राजविराजतर्फ आइरहेको ना ५ ख ६७१३ नंको स्वस्तिका बसमा मोर्चाको कार्यकर्ताले आगो लगाउँदा बस पूर्णरुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । नष्ट भएको गाडी राजविराजदेखि वीरगन्ज चल्ने गाडी रहेको जनाईएको छ । यात्रुलाई भने केही नभएको बुझिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य