फागुन २७, पोखरा । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आह्वान गरेको नेपाल बन्दको प्रभाव यहाँ आंशिक रुपमा परेकोछ ।
डर र त्रासका बाबजुद निजी र अन्य सवारी साधन चले पनि भाडाका सवारी साधन कम चलेका छन् । अधिकांश पसल खुलेका छन् ।
दिउँसोसम्म कुनै अप्रिय घटना नभएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । रासस