फागुन २८, काठमाडौँ । नेपालीमा चल्तीको उखान छ– ‘१२ वर्षमा खोलो पनि फर्किन्छ ।’ तर, राप्रपा अध्यक्ष कमल थापाका लागि राजनीतिको केन्द्रमा फर्किन सात वर्ष नै काफी भयो । ०"/> Sajhasabal फागुन २८, काठमाडौँ । नेपालीमा चल्तीको उखान छ– ‘१२ वर्षमा खोलो पनि फर्किन्छ ।’ तर, राप्रपा अध्यक्ष कमल थापाका लागि राजनीतिको केन्द्रमा फर्किन सात वर्ष नै काफी भयो । ०"/>
२ कार्तिक २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शक्तिमा आउन र अवसर छोप्न सिपालु थापा

२८ फाल्गुन २०७३, शनिबार ०२:३६

फागुन २८, काठमाडौँ । नेपालीमा चल्तीको उखान छ– ‘१२ वर्षमा खोलो पनि फर्किन्छ ।’ तर, राप्रपा अध्यक्ष कमल थापाका लागि राजनीतिको केन्द्रमा फर्किन सात वर्ष नै काफी भयो । ०६२-६३ पछि राजनीतिको किनारा लागेका थापा ०७० को दोस्रो संविधानसभा चुनावमा २५ सिट सभासद्सँगै राजनीतिको केन्द्रमा उदाए । राजतन्त्रका हिमायती थापा यतिवेला राजनीतिको केन्द्रमा मात्र छाएनन्, राजतन्त्र, हिन्दू धर्म, केन्द्रीकृत विकेन्द्रीकरण (संघीयताविरोधी)धार बोकिरहँदा विपरीत मुद्दा बोक्ने प्रमुख पार्टीका सारथि, सहयोगी र प्रचारक बन्न सफल भएका छन् । आजको नयाँ पत्रिकामा खबर  छ ।

राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनमा गृहमन्त्रीका रूपमा रक्षाकवच बनेका थापा यतिवेला एमाले अध्यक्ष केपी ओलीदेखि प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाका लागि अपरिहार्य पात्र बनेका छन् । फागुन पहिलो साता आयोजित राप्रपाको महाधिवेशन उद्घाटनलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीले थापालाई परिवर्तन स्वीकार्ने नेताका रूपमा मात्रै अथ्र्याएका थिएनन्, महत्वपूर्ण शक्तिकेन्द्रका रूपमा व्याख्या गरेका थिए । गणतन्त्रमा दोस्रोपटक सत्तारोहण गरेर थापाले आफ्नो महत्व स्थापित गरेका छन् ।

पञ्चायत, प्रजातन्त्र, राजतन्त्र र गणतन्त्रसम्म आइपुग्दा थापाले आफूलाई व्यवस्थासँगै परिवर्तन मात्रै गरेनन्, आफ्नो महत्व सावित गरे । रोचक पक्ष त विगतमा भन्दा राजाको प्रत्यक्ष शासन र गणतन्त्रमा उनले आफ्नो महत्व सावित गरे ।

पार्टीभित्र पनि एउटै धारमा रहेका पशुपतिशमशेर राणा, लोकेन्द्रबहादुर चन्द, डा. प्रकाशचन्द्र लोहनीजस्ता पुराना, खानदानी र दिग्गज सिनियरलाई पछाडि छोड्दै राप्रपामा उदाउन पुगे । आफूअनुकूल राप्रपालाई एकता गराएका थापा एकलौटी शक्तिसहित पार्टीको जब्बर शक्तिमा स्थापित भए । पार्टी एकीकरण भनिए पनि थापाले कुशलतापूर्वक पुरानो राप्रपालाई आफ्नो पार्टीमा विलय गराएको मान्ने पनि उत्तिकै छन् । अहिले राप्रपामा चिनिएका वरिष्ठ नेताहरू छायाँमा छन्, उनी चर्चामा छन् ।

शक्तिमा आउन र अवसर छोप्न सिपालु 

पञ्चायतकालमा थापा काठमाडाैँ खेलमण्डल टिमबाट फुटबल खेल्थे । बाबु आर्मीका कर्णेल भएका थापालाई दरबारले विद्यार्थी संगठनतिर डोहोर्या‍एको थियो । थापाले त्यतिवेलाको राष्ट्रवादी स्वतन्त्र विद्यार्थीमण्डलमा समेत काम गर्न पुगे । ०३६ सालको जनमतसंग्रहभन्दा अगाडि राजनीतिक छवि निर्माण हुँदै गर्दा दरबारको प्रभावमा ०३७ सालपछि संविधान सुधार गर्न पञ्चायतले गठन गरेको संविधान सुधार सुझाब आयोगको सदस्य भए थापा । उनी ०३८ सालको राष्ट्रिय पञ्चायतमा पराजित भए, तर ०४३ सालमा राष्ट्रिय पञ्चायतमा निर्वाचित भए । त्यसपछि मरिचान सिंह प्रधानमन्त्री हुँदा थापा सञ्चारमन्त्री भए ।

सहयोगी बन्दै जम्दै

स्वर्गीय सूर्यबहादुर थापा र जीवित रहेका चन्द, राणा र लोहनीहरूको पञ्च खेलमा मुख्य भूमिकामा कमल थापा थिएनन् । तर, सहयोगी भूमिकामा भए पनि प्रभावी पनि थिए । पञ्चायती व्यवस्था ढलेलगत्तै एउटै राप्रपा स्थापना हुने तयारीका वेला दुई राप्रपाको जन्म हुँदासम्म थापा सूर्यबहादुर पक्षका सहयोगी देखिन्थे । चन्दको अलग राप्रपा हुँदा सूर्यबहादुरका राप्रपामा कमल प्रवक्ता हुन पुगे । बहुदल आएपछिको सत्ताको खेलमा सूर्यबहादुर, चन्द र राणा नै मुुख्य भूमिकामा हुँदा थापा सहयोगी मात्रै थिए, तर साथ छोडेका थिएनन् । मौका आउँदा मन्त्री बन्न पनि थापा तयार भए ।

फुटका कारण ०४८ सालको चुनावमा राप्रपाहरू कमजोर हुन पुगे । मकवानपुरबाट उठेका थापा पराजित भए । तर, राप्रपाको पराजय र नेताको हारबाट पाठ सिक्दै ५१ सालको चुनावअघि राप्रपा एक हुँदा बलियो बन्न पुग्यो । ०५१ सालमा दुवै मिलेपछि भएको मध्यावधि चुनावमा राप्रपाले २१ सिट जित्यो । तेस्रो ठूलो शक्ति हुँदा आफैँ नेतृत्व गर्नेदेखि कांग्रेस र एमालेको सहयोगीसमेत बन्न पुग्यो । एमाले नेता मनमोहन अधिकारी नेतृत्वको सरकार गिरेपछि कांग्रेसबाट शेरबहादुर देउवा प्रधानमन्त्री बन्दा कमल थापा स्थानीय विकासमन्त्री बन्न पुगे । तर, यो सरकार गिरेपछि एमालेको समर्थनमा राप्रपाकै लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री बने । उनको सरकार पनि ढलेपछि फेरि कांग्रेस समर्थनमा राप्रपाकै नेता सूर्यबहादुर थापाको नेतृत्वमा सरकार बन्यो ।

सत्ताको भर्या‍ङ बनी प्रयोग भइरहँदा ०५४ सालमा राप्रपा फेरि फुट्यो । चन्दले राप्रपा राष्ट्रवादी गठन गरे । ०५६ सालको निर्वाचनमा थापाको राप्रपाले ११ सिट जित्यो, तर चन्द पक्ष जितविहीन बन्न पुग्यो । चुनावको हारको पीडामा दुई राप्रपा फेरि मिले । तर, राजेश्वर देवकोटाले राप्रपा राष्ट्रवादी चलाइरहे । यस्तो हुँदासम्म पनि थापा राप्रपामा मुख्य प्रभावी थिएनन् ।

शाही कदम टर्निङ प्वाइन्ट 

सत्ता फेरबदलको नियमित शृंखला र चर्कंदो माओवादी द्वन्द्वबीच ०५९ असोज १८ मा तत्कालीन राजा ज्ञानेन्द्रले शाही कदम चाले । कदमपछि पहिले लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री भए । चन्द प्रधानमन्त्री हुँदा पोखरामा ०६० सालमा महाधिवेशन भयो । महाधिवेशनबाट नेतृत्व पशुपतिशमशेर राणामा पुग्यो । आठ महिना चन्द प्रधानमन्त्री भएपछि लगत्तै सूर्यबहादुर थापा फेरि सात महिना प्रधानमन्त्री भए । यस्तोमा कमलले आफ्नो प्रभाव सम्बन्ध ज्ञानेन्द्रसँग बनाइसकेका थिए । सत्ताको सहयोगी र भर्या‍ङ बन्ने गरेको राप्रपामा नेताहरूबीच आन्तरिक मिलन प्रायः सौहाद्र्र बन्न भने सकेन । सूर्यबहादुर प्रधानमन्त्री हुँदा राजाको कदमको समर्थन गरेको भन्दै राणा पक्षधरहरू आफ्नै पार्टीका नेताको राजीनामा माग्दै सडकमा आए । त्यसपछि सरकार ढल्यो ।

यसबाट विरक्तिएका सूर्यबहादुर पुनः राप्रपामा फर्किएनन्, जनशक्ति पार्टी खोले । थापाले बृहत् राष्ट्रिय राजनीतिक सम्मेलन आयोजक समिति गठन गरे । यो समितिमा कमल थापा, डा. प्रकाशचन्द्र लोहनी, बुद्धिमान तामाङसहितका नेता सहभागी थिए । राप्रपाका आफूभन्दा सिनियर नेताको शक्तिको दौडाहाको निरन्तरको साक्षी रहेका कमल थापाले यो पक्षमा निरन्तरता दिएनन् । बीचमै छाडेर उनी राप्रपामा महामन्त्री बन्न पशुपतिको दलमा पुगे ।

०६१ साल माघ १९ को पूर्वराजा ज्ञानेन्द्रको कदमलाई थापाले समर्थन गरे । ०६२ मंसिरमा उनी राजाको सरकारको गृहमन्त्री बन्न पुगे । उनी राजाको कित्तामा पुगेपछि राजाको कदमलाई लिएर राप्रपामा मतभेद चुलियो । ०६२ साल पुस २६ गते कमल थापाले विशेष महाधिवेशन बोलाएर मौजुदा केन्द्रीय सदस्यको बहुमत बटुल्दै राप्रपा नेपाललाई जन्म दिए । उता सूर्यबहादुरले राष्ट्रिय जनशक्ति पार्टी बनाए ।

तर, तत्कालीन कांग्रेस, एमाले, माओवादीहरूले दोस्रो जनआन्दोलन चर्काउँदै जाँदा आन्दोलन दबाउने भूमिका गृहमन्त्रीका रूपमा थापाकै थियो । त्यतिखेर सडकमा थापाविरुद्ध लागेको नारा, उनीप्रतिको आवेग, टिप्पणी, दोष हेर्दा लाग्थ्यो, अब थापा नेपाली राजनीतिमा माथि उठ्न सक्दैनन् । तर, मृदुभाषी, तार्किक नेता थापाले यस्ता पक्षलाई ख्याल गरेनन् । ०६३ सालको राजनीतिक परिवर्तनपछि जनआन्दोलन दबाएको अभियोगमा केही समय थुनामा रहे । यसवेला रवीन्द्रनाथ शर्मा अध्यक्ष भए । ०६४ सालको संविधानसभा निर्वाचनमा समानुपातिकतर्फ राप्रपाले आठ, थापा नेतृत्वको राप्रपा नेपालले चार र जनशक्तिले तीन सिट जिते ।

हिन्दुत्व र राजतन्त्रको यात्रा

थापामाथि जनआन्दोलन दबाउन गृहमन्त्रीका रूपमा भूमिका खेलेको दाग थियो । तर, थापा विचलित भएनन्, राजनीतिबाट पलायनको बाटो रोजेनन् । दलहरूले हतारमा हिन्दू राज्य नेपाललाई धर्मनिरपेक्ष बनाएको भन्दै हिन्दुत्वको मुद्दालाई थापाले प्रमुखताका साथ उठाए । उनले यही मुद्दा उठाएकाले पनि राजनीतिक रूपमा स्वीकार्नुपरे पनि भावनात्मक रूपमा स्वीकार्न नसकेकाहरूले थापालाई रुचाए । यही रुचाइका कारण थापाप्रतिको रोष कम हुँदै गयो ।

हिन्दुत्व र राजतन्त्रको मुद्दा थापाले बोक्दै गर्दा ०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा तत्कालीन थापा नेतृत्वको राप्रपा नेपालले समानुपातिकमा २५ सिट जित्न सफल भयो । पुरानो राप्रपा प्रत्यक्ष तीनसहित १३ सिटमा खुम्चियो ।

संविधानसँगै सत्तारोहण

दोस्रो संविधानसभा निर्वाचनमा माओवादी तेस्रो दलमा सीमित हुँदा थापा नेतृत्वको राप्रपा चौथो शक्ति हुन पुग्यो । बर्सेनि हुने सरकार परिवर्तनमा थापाको समर्थन पनि निर्णायक बन्न पुग्ने देखियो । ०७२ असोजमा केपी ओली नेतृत्वको सरकारमा थापा उपप्रधान एवं परराष्ट्रमन्त्री बन्न पुगे । थापाको पद मन्त्रीमा मात्र सीमित भएन । परिवर्तनका मुद्दाहरू गणतन्त्र, संघीयता, धर्मनिरपेक्षतालाई स्वीकारेको संविधानलाई अन्तर्राष्ट्रियकरण गर्ने भूमिका परराष्ट्रमन्त्रीका रूपमा उनैमाथि रह्यो । उनले यी मुद्दालाई कति सम्झाए, बुझाए यो इतिहासले समीक्षा गर्ने पाटो हो । तर, शक्ति सन्तुलनको खेलमा हिन्दुत्व र राजतन्त्रको मुद्दा बोकेर पनि यस्ता परिवर्तनका मुद्दाको जिम्मेवारी पाए । सत्तामा पुग्नका लागि ओलीले उनीमाथिको रोषपूर्ण विगत हेरेनन्, अगाडि आफ्नो प्रधानमन्त्रीको कुर्सी हेरे ।

चुनावी मिसनका सारथि 

हिन्दुत्वको मुद्दा, सक्रिय राजतन्त्रको मुद्दा र संघीयतालाई नस्वीकार्दैको अवस्थामा थापा ओली नेतृत्वको सरकारमा महत्वपूर्ण भूमिकामा पुगे । यसपछि गत ६ मंसिरमा दुई राप्रपालाई एकीकरण गराए, आफू अध्यक्ष भए । एकता महाधिवेशन गराएपछि अत्यधिक मत ल्याएर अध्यक्षमा निर्वाचित मात्र भएनन्, पुनः हिन्दुत्वको मुद्दा र संसद्अन्तर्गत रहने राजतन्त्रको मुद्दामा अडिग रहेको नीति पार्टीबाट पास गराए । हिन्दूवादी, राजतन्त्र पक्षधरको भावनालाई आफूतिर ताने । सँगै एकत्रित राप्रपाको ३७ सिटसहित सत्तामा जान पनि रोकिएनन् ।

प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाको रोजाइमा उनै थापा परे । स्थानीय तहलाई अन्तिम रूप दिन भूमिका खेलेका स्थानीय विकासमन्त्री हितराज पाण्डेलाई फिर्ता बोलाएर बिहीबार मात्र प्रचण्ड र देउवाले थापालाई यो भूमिका दिए । संघीयतालाई मनैदेखि नस्वीकारेका थापालाई संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको जिम्मा यही वेला थपिएको छ । देउवा र प्रचण्डले स्थानीय तहको सुनिश्चितताका लागि भन्दै थापाको पूरै राप्रपालाई सरकारमा ल्याउनुपरेको प्रस्टीकरण दिएका छन् । तर, चुनावभन्दा बढी सत्तालाई सन्तुलनमा राख्न उनलाई भूमिका दिइएको विषय राजनीतिमा छिप्ने अवस्था छैन । उनले ट्विट गरेका छन्– निर्वाचनको सुनिश्चितता र संविधानको कार्यान्वयन नै मन्त्रिपरिषद्मा हाम्रो सहभागिताको मुख्य सर्त र आधार हो ।

थापामा नेतृत्वकला र क्षमता छ

राप्रपाका उपाध्यक्ष टंक ढकाल अध्यक्ष थापामा नेतृत्व गर्ने कला र क्षमताका कारण नै ठूला दलहरूले पत्याएको टिप्पणी गर्छन् । साथै, तीन दलले हिमाल, पहाड र तराईलाई जोड्न नसकेको दाबी गर्दै राष्ट्रवादी शक्तिका रूपमा पुलको काम गर्न अध्यक्ष सरकारमा गएको दाबी उनी गर्छन् ।

‘निर्वाचन नभएको २० वर्ष हुन लाग्यो । यसकारण लोकतन्त्रको जग नै कमजोर भएर जाने अवस्था आयो । हिजो स्थानीय निकायमा राजनीतिक गतिविधि मात्र थियो, अहिले सरकार पनि थपिएको छ,’ ढकाल भन्छन्, ‘जसको नेतृत्वको सरकार भए पनि जनताका निम्ति चुनाव गराउनुपर्छ भनेर पार्टी सरकारमा गएको हो । यसमा अध्यक्षको व्यक्तिगत इच्छा हो कि होइन भन्दा पनि राष्ट्रको आवश्यकता र उहाँको नेतृत्व गर्ने कला र क्षमता हो ।’

एमाले, माओवादी, कांग्रेस कसैले निकास दिन नसकेको भन्दै राष्ट्रवादी शक्तिका रूपमा तराई, पहाड, हिमाललाई जोड्दै तटस्थ भूमिका अब राप्रपाले खेल्ने दाबी ढकालको छ ।

मुलुक जोगाउन हामी सरकारमा 

उपप्रधानमन्त्री एवं स्थानीय विकासमन्त्री कमल थापाले चुनाव गराएर मुलुक जोगाउन सरकारमा आफू गएको प्रस्टीकरण दिएका छन् । ‘तपाईंको सत्तारोहण अनपेक्षित भयो, स्थानीय चुनाव होला ?’ भन्ने प्रश्नमा थापाले भने, ‘स्थानीय चुनाव गराउन सकिएन भने मुलुक बर्बादीमा जान्छ, जोगाउनकै लागि चुनाव गर्नुपर्छ, यही अठोटका साथ हामी सरकारमा आएका हौँ ।’ सीमांकनबाहेकका विषयमा मधेसी मोर्चासँग सहमति गरेर स्थानीय चुनावमा जाने र बाँकी विषयमा सहमति खोज्ने उनको रोडम्याप छ ।

‘मधेसी मोर्चाले उठाएका मागहरू स्थानीय चुनावसँग काहीँ कतै मेल खाँदैनन्, उहाँहरू सहभागी नहुनुपर्ने कारण मैले देखेकै छैन, म उहाँहरूसँग छलफलमा पनि छु,’ थापाले भने, ‘म यही मिसनसाथ आएको हुँ, हरसम्भव सबै प्रयत्न गर्छु ।’ चुनाव गराउने प्रधानमन्त्री प्रचण्डको प्रतिबद्धताका आधारमा आफूले सत्तारोहण गरेको पनि उनले छिपाएनन् । ‘चुनाव गराउन तपाईं प्रतिबद्ध हुनुहुन्छ होइन,’ उनको यो प्रश्नमा प्रधानमन्त्रीको जवाफ थियो, ‘चुनाव गराउन म वचनबद्ध छु ।’ उनले थपे, ‘स्थानीय चुनाव गराउन सकिन्छ भन्ने विगतका इतिहासले सावित गरेको छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रविलाई रिजालको जवाफ, ‘सरकार मरेको होइन, सक्रिय भएको हो’ रवि लामिछानेसहित को-को विरुद्ध छ पक्राउ पुर्जी ? रविलाई पक्राउ गर्न रास्वपा कार्यालय पुग्यो सीआईबीको टोली रवि लामिछानेविरूद्ध पक्राउ पुर्जी जारी पुनःनिर्माणका काममा लाग्न तीनै तहका सरकारलाई प्रधानमन्त्री ओलीको आग्रह पेट दुख्ने समस्या लिएर अस्पताल पुगेका युवकको आन्द्रामा जिउँदो साङ्लो भेटिएपछि.. जीपबाट खसेर बालकको मृत्यु सन्दीपले पाए अमेरिकाको भिसा, आजै बेलुका उड्ने रास्वपाका नेताहरू पार्टी कार्यालय वनस्थलीमा बाली जोगाउन वन्यजन्तुलाई थापेको पासोमा करेन्ट लागेर बालिकाको मृत्यु, २ जना घाइते सुनको मूल्य प्रति आउन्स २ हजार ७ सय डलर नाघ्यो भारतीय कप्तान रोहित शर्माले मागे माफी शेरबहादुर देउवाको दबाब: रविलाई तत्काल पक्राउ नगरे सरकार ढाल्ने चेतावनी रविलाई पक्राउ गर्न लागिएको रास्वपाको आशंका प्रमुख प्रतिपक्षी दलहरूको बैठक: ज्ञापनपत्र बुझाउनेदेखि विशेष अधिवेशन बोलाउनेसम्म छलफल ‘१२ गाउँ’ को बक्सअफिस रिपोर्ट सार्वजनिक: एक सातामा कति कमायो ? सहकारी ठगीमा रवि लामिछानेलाई पक्राउ गरिए सशक्त प्रतिवाद गर्ने विपक्षी दलको निर्णय आज एकैदिन प्रतितोला २ हजारले बढ्दै सुनको मूल्यमा नयाँ रेकर्ड कायम दक्षिण अफ्रिका महिला टी–२० विश्वकपको फाइनलमा माओवादीका अध्यक्ष प्रचण्डले बोलाए विपक्षी दलको बैठक