२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

छुट्टाछुट्टै भएको दुर्घटनामा दुई जनाको मृत्यु

२०७३, २८ फाल्गुन शनिबार ०८:२६

फागुन २८, लहान । सिरहाका दुई स्थानमा गए राति छुट्टाछुट्टै भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । 

पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार नगरपालिका¬–७ मैनावती पुल नजिकै स७प १२४९ नंको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा  मोटरसाइकल पछाडि सवार सिरहा नगरपालिका–७ निवासी ३५ वर्षीय डोमा महराको मृत्यु भएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा गम्भीर घाइते भएका महराको उपचारका क्रममा लहानस्थित अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ । सोही दुर्घटनामा परी घाइते भएका मोटरसाइकल चालक गोलबजार नगरपालिका–२ निवासी २० वर्षीय रजेश महराको गोलबजारस्थित भूमिजा अस्पतालमा उपचार भइरहेको छ । 

यसैगरी करेन्ट लगेर सिरहाको गोलबजार नगरपालिका–१ स्थित मुक्सारमा गए राति एक युवतीको मृत्यु भएको छ । हावाहुरीले विद्युत्को तार चुँडिएर करेन्ट चुहावट भई चार्जमा राखिएको मोबाइल निकाल्ने क्रममा करेन्ट लागेर स्थानीयवासी १७ वर्षीया सानुकुमारी सुसलिङ मगरको मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक राजेन्द्र उपाध्यायले जानकारी दिनुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला