2026-09-03 07:12 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कृषि आधुनिकिकरण परियोजनाको बजेट सार्वजनिक (फोटोफिचर)

टेक शाही/फागुन ३०, डोल्पा ।  प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाको बजेट सार्वजानिक गरिएको छ । डोल्पा जिल्लामा आर्थिक बर्ष २०७३/०७४ मा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तरगत १ करोड ६० लाख २२ हजार रुपैया बिनियोजन गरिएको छ । उक्त बजेट स्याउ र तरकारि खेतीका लागि बिनियोजन गरिएको हो । यस कार्यक्रम अनतरगत तरकारि खेतीका लागि कृषकले १०/१० हेक्टर तरकारि खेती गर्दै आएको जमिन हुनु पर्ने छ । त्यस्तै स्याउ खेतिको लागि १००/१०० हेक्टर स्याउ खेति गरेको जमिन हुनु पर्ने छ । 

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तरगत डोल्पा जिल्लामा स्याउ खेतिका लागि जुफाल, सूँ, रह, कालिका, नर्कु र सर्मि गाविस छनौटमा परेका छन भने तरकारि खेतिको लागि सूँ, जुफाल, दुनै, रह र माझफाल गाविस छनौटमा परेकाछन । पकेट ब्लक बिकास कार्यक्रम सँचालन कार्यबिधि २०७३ हनुसार ९ सदस्यीय ब्लक सँचालक समितिको गठन हुने छ ।

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाले तरकारीको लागि १० हेक्टर र स्याउको खेतिको लागि १०० हेक्टरको प्राबधानले डोल्पाका कृषकका लागि अन्याय गरेको सहभागिको गुनासो रहेको थियो । एकै क्षेत्रमा यति धेरै जग्गामा स्याउ लागउने नँगरको कारण यो हेक्टरको प्रबाधान न्यायसँगत नँभएको कृषकको गुनासो रहेको छ । 

डोल्पामा बिस्तारै बिकासले फड्को मार्दै गएको र फलफुल र तरकारि उत्पादनका हिसाबले डोल्पा जिल्ला अत्यन्त राम्रो देखिन्छ । जुफालको तरकारी कर्मचारि भने अनुसारको खान नँपाएको र जुफालका महिलाले डोकोमा तरकारी बोकेर बेच्ने गरेको देख्दा आफुलाइ दुख लागको र अब जुफालबाट तरकारीका डोका बोकेर पूरुष पनि दुनैमा तरकारी बेच्नमा लाग्नु पर्ने प्रमूख जिल्ला अधिकारि केशबराज आर्चायले बताउनु भयो । 

महिलालाइ धेरै भारि नँबोकाउ धेरै भारि बोकाएकै कारण उनिहरुको स्वास्थ्यमा समस्या आइ पाठ्यघर खस्ने लगायतका समस्या आउने गरेकोले अब पूरुषले पनि भारि बोक्नु पर्ने बताउनु भयो । 

डोल्पा जिल्लामा नराम्रो भएको काम र क्रियाकलाप सुधार गर्न राम्रो बनाउनको लागि आफु भएको र कुनै पनि निकायमा गलत काम गरेको फेला पारेमा आफुलाइ सुसूचित गारउन आग्रह गर्नु भयो । त्यसरि जानकारि दिएमा तत्काल कारवाहि गर्ने र सबै भन्दा पहिले आफु परिवर्तन हुन भन्दै सबैलाइ सुझाब दिनु भयो । 

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाको बार्षिक कार्यक्रम सावजानिकीकरण कार्यक्रममा जिल्लाका राजनितिक दलका प्रतिनिधि,सरोकारवाला निकायका पदाधिकारिहरु,जिल्लाका सँचारकार्मिहरु र जिल्लाका कृषकहरुको उल्लेख्य उपस्थिति रहेको थियो । 

डोल्पामा यस बर्ष राम्रा कार्यक्रम लागु भएका र जिल्लामा कार्यक्रम गर्ने बेलामा जिल्लाका कुनै पनि निकायमा जानकारि नँदिएर केन्द्रमा कार्यक्रमको योजना बनाउदा क्षेत्र र भुबाग सुहाउदो नहुने जिल्ला समन्वय समितिका सचिव सागर मिश्रले बताउनु भयो । 

डोल्पा जिल्ला लागयत कर्णालीका कुनै पनि जिल्लामा केन्द्रमा बनाएको आर्थिक क्यालेण्डर र केन्द्रले बनाएको योजनाले कर्णालीका कुनै पनि जिल्लाको बिकास नँहुने कृषकको दाबि रहेको छ । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाले पनि डोल्पामा साना कृषकहरुलाइ लाभ नँदिने र बिषेश कृषकलाइ पनि भने अनुसारको प्रतिफल दिनेमा आसाबादि नरहेको जिल्लाका राजनितिक दलको भनाइ रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै देउवा समूहको प्रस्ताव : कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, भने– ‘यो घमण्डले समस्या समाधान हुँदैन’ ९६ घण्टापछि रेस्क्युको टिम गयो त्यो पनि सरकारको होइन : ज्ञानेन्द्र शाही सुरुङ उद्धारमा ढिलाइ प्राविधिक जटिलताले भएको हो : प्रधानमन्त्री बालेन मन्त्रीका परिवार सुरुङमा फसेको भए आफैँ खोस्रिन जानुहुन्थ्यो ? : भीष्मराज आङदेम्बे संसदमा बाढीको अवस्थाबारे जानकारी दिएर प्रधानमन्त्री बालेन बाहिरिए संकटमा नेतृत्वले आँसु होइन, हिम्मत र भरोसा दिनुपर्छ : प्रधानमन्त्री शाह प्रतिनिधि सभाको बैठक सुरू बाढीपछि प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्दै नागढुंगा सडक भासिएपछि सुरुङमार्ग खुला, पेट्रोलियम र दुईपाङ्ग्रे सवारीलाई एकतर्फी व्यवस्था भोटेकोशी र त्रिशूलीमा पानीको सतह बढ्ने, आकस्मिक बाढीको उच्च जोखिम भोटेकोशी बाढी प्रभावितको राहतमा संसद् सचिवालयका २० कर्मचारी परिचालन भोटेकोशी–त्रिशुली बाढीमा मृत्यु हुनेको संख्या १,११४ पुग्यो, ३,९१६ अझै बेपत्ता सुनचाँदीको मूल्यमा भारी गिरावट बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही