२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

बाजा बजाएर परियारलाई दिए गुरुङले छोरी

२०७३, १ चैत्र मंगलवार ०२:२८

चैत १, कास्की  । पोखरा सिर्जनाचोककी तारा गुरुङ र चाउथेका किरण परियारका अभिभावकले उनीहरूको प्रेमलाई हार्दिकतापूर्वक स्वीकार गरी धुमधामका साथ विवाह गराइदिएका छन् । तारा पृथ्वीनारायण क्याम्पसमा स्नातकोत्तर पढ्दै छिन् भने किरण ट्राभल एजेन्सी चलाउँछन् ।


विन्ध्यवासिनी मन्दिरमा हिन्दू परम्पराअनुसार अन्तर्जातीय विवाह चलिरहँदा सहभागीहरू खुसी व्यक्त गरिरहेका थिए । माइती पक्षले ५० जना जन्तीलाई धुमधामसँग स्वागत गरेका थिए । दाइजो पूर्ण निषेधित थियो ।

विवाहमा सहभागी पूर्वसभासद् राजकाजी गुरुङ कुरीतिविरुद्व ताराका अभिभावकले ऐतिहासिक भूमिका निर्वाह गरेको भन्दै बेहुला–बेहुलीलाई सफल दाम्पत्य जीवनको शुभकामना दिए । ‘अन्तर्जातीय जोडीहरू भागेर विवाह गर्न बाध्य हुन्थे, तर यहाँ त ज्वाइँको गोडा धोएर, जन्ती बोलाएर भोज खुवाएर विवाह भएको छ,’ उनले भने, ‘उदाहरणीय यो विवाहलाई समाजले सम्मान गर्दै अरूले समेत अनुसरण गरे मात्रै समाज परिवर्तन सम्भव छ ।’

किरणका बुबा रामबहादुर परियार छोराको प्रेम सफल भएकोमा दंग थिए । ‘हाम्रो एउटै छोरा हो, उसले भागेर होइन मागेर गर्छु भन्दा हामीले पत्याएकै थिएनौँ,’ उनले भने, ‘तर, केटी पक्षकाले मायाप्रीतिमा जातभातको कुरा गरेर तगारो बन्नुहँुदैन भनेपछि विश्वास लाग्यो । आज धुमधामसँग विवाह भयो ।’

नौ वर्षको प्रेमसम्बन्ध विवाहमा परिणत

नौ वर्षदेखि प्रेमसम्बन्धमा रहेका तारा र किरण दुवै २७ वर्षका छन् । दुवैले आफ्नो प्रेमबारे आ–आफ्नो परिवारमा कुरा राखेपछि अभिभावकले सहर्ष स्वीकार गरेका थिए । समाज परिवर्तनका लागि आफैँले व्यवहारमा सुरुवात गर्नुपर्छ भनेर छोरीको अन्तर्जातीय विवाह गरिदिएको ताराकी आमा कृष्णकुमारीले बताइन् ।

‘हामीले हाम्री छोरीलाई राम्रो शिक्षा दिएका थियौँ, त्यसैले उनले जात होइन योग्य जोडी रोजिन्,’ उनले भनिन्, ‘समाजमा जातीय छुवाछूतले जरा गाडेको छ, हामीजस्तै अभिभावक मिलेर यसलाई हटाउनुपर्छ । मान्छे सबै एकै हो । -नयाँ पत्रिका


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा