२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

खनदहमा माओवादी केन्द्रका केन्द्रिय सदस्य सहित १८० जना एमालेमा प्रवेश

१ चैत्र २०७३, मंगलवार ०३:००

सुपादेउराली संवाददाता/चैत १, अर्घाखाँची । अर्घाखाँची जिल्ला खनदह गा.वि.स.मा नेकपा माओवादी (केन्द्र) का राष्ट्रिय महाधिवेशन आयोजक कमिटी सदस्य जीवन चौहान सहित १८० जना माओवादी केन्द्रका नेता कार्यकर्ता नेकपा (एमाले) प्रवेश गरेका छन् ।

 नेकपा (एमाले) जिल्ला कमिटी अध्यक्ष चेतनारायण आचार्यको प्रमुख आतिथ्यता, नेकपा (एमाले) जिल्ला कमिटी सचिवलाय सदस्य जनार्दन खनालको विशेष आतिथ्यता, जिल्ला कमिटी सदस्य तथा खनदह गाउँ कमिटी इन्चार्ज वालकृष्ण आचार्यको अध्यक्षता र खनदह गाउँ कमिटी अध्यक्ष डण्डपाणी पोख्रेलको संचालनमा उक्त पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको थियो । 

उक्त पार्टी प्रवेश कार्यक्रममा नेकपा माओवादी (केन्द्र) का राष्ट्रिय महाधिवेशन आयोजक कमिटी सदस्य जीवन चौहान, केन्द्रका जिल्ला कमिटी सदस्य फर्सुराम पोख्रेल, पूर्व गाउँ कमिटी अध्यक्ष विष्णु प्रसाद खनाल, पूर्व उपाध्यक्ष कुल प्रसाद खनाल, पूर्व सचिव वसन्ता गौतम, पूर्व गाउँ कमिटी सदस्यहरु नारायण पोख्रेल, मतिलाल खनाल, कमल चौहान, मधुसुदन पोख्रेल, रेमकला वि.क., इन्दिरा खनाल, सावित्रा खनाल, अनेमसंघ क्रान्तिकारी जिल्ला कमिटी सदस्य विमला चौहान, दिपा पोख्रेल, माओवादी केन्द्रका सदस्यहरु दिपनारायण चुदाँली, जिवलाल खनाल, खुविराम खनाल, टोपलाल गिरी लगायत १८० जना माओवादी केन्द्रका नेता कार्यकर्तालाई नेकपा (एमाले) जिल्ला कमिटी अध्यक्ष चेतनारायण आचार्यले अविर लगाई एमालेमा प्रवेश गराउनुभएको छ ।

आफ्नो मेहनत र पसिना एमालेमै खर्चिको र आफु आफ्नै पुरानो घरमा फर्किदा खुशि लागेको साथै मुलुकको आमुल परिवर्तन गर्न नेकपा एमाले मात्रै सक्षम रहेको प्रवेश पछि नेता जीवन चौहानले वताउनुभयो । 

कार्यक्रममा नेकपा (एमाले) जिल्ला कमिटी अध्यक्ष चेतनारायण आचार्यले नवप्रवेशीहरुलाई वधाई तथा शुभकामना दिदैं प्रवेशीहरुलाई एमालेमा उचित जिम्मेवारी प्रदान गर्न आफु प्रतिवद्ध रहेको वताउनुभयो । एमालेमा कसैलाई हेलाहोचो गरिनेछैन, सवैलाई उचित जिम्मेवारी प्रदान गरिनेछ । आगामी स्थानीय निर्वाचनमा एमालेलाई पहिलो शक्ति वनाउन सबै आफ्नो ठाउँवाट एकजुट भएर लाग्नुस् नेता आचार्यले भन्नुभयो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान