२०८३, १४ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पोखरा लेखनाथ महानगरमा गाभ्नुपर्ने भन्दै चक्काजाम

२०७३, १ चैत्र मंगलवार १३:३२

 चैत १, पोखरा  |  ढिकुरपोखरी गाविसका जनताले आफुहरु महानगरवासी हुन चाहेको बताएका छन् । राज्यपुर्नसरचनाको खाका अनुसार गाविसवासीले सेवाग्रहण गर्दा अपायक पर्ने र थुपै्र झन्झट बेहोर्नुपर्ने भन्दै गाविसबासीले महानगरवासी बन्न चाहेको बताएका हुन् ।

हालको खाका अनुसार ढिकुरपोखरी गाविसलाई अन्नपुर्ण गाँउपालिकामा राखिएको छ । जसको केन्द्र साविक लुम्ले गाविस कार्यालय तोकिएको छ ।केन्द्र रहेको लुम्ले गाविसको साविक कार्यालय अधिकाशं गाविसबासीका लागि अपायक देखिएको भन्दै सोमवारदेखि ढिकुरपोखरीवासी आन्दोलनमा उत्रिएका छन् । उनीहरुले सोमवारदेखि नै पोखरा बाग्लुङ राजमार्ग बन्द गर्न थालेका छन् ।

जसअन्र्तगत सोमवार राजमार्गको नागडाँडा खण्डमा १ घण्टा चक्काजाम गरिएको थियो भने मंगलवार सोही स्थानमा मध्यान्न १२ बजेदेखि २ बजेसम्म २ घण्टा चक्काजाम गरिएको छ ।चक्काजामका कारण सयौं यात्रुहरु भने मर्कामा परेका छन् । यसैविषयमा सोमवार ढिकुरपोखरी गाविसको सर्वदलिय बैठक सम्पन्न भएको छ ।

बैठकले गाविसलाई पोखरा लेखनाथ महानगरपालिकाको वडा नं. ३४ कायम गर्नुपर्ने एक सुत्रिय निर्णय गरेको नेकपा एमाले ढिकुरपोखरी गाँउ कमिटिका अध्यक्ष केदारनाथ अधिकारीले बताए ।उनले ढिकुरपोखरीलाई पोखरा लेखनाथ महानगरपालिकाको वडा नं. ३४ कायम नभएसम्म संघर्षका कार्यक्रमहरु गर्दै जाने पनि बताएका छन् ।

गाविसबासी पुर्नसरचनाको खाकाले आफुहरुलाई ठुलो पीडा दिएको ठहर गर्दै सघर्षमा उत्र्रन थालेका छन् ।उनीहरुले सघर्ष समिति नै गठन गरेका छन् ।समितिले यहि चैत ७ गतेसम्म दैनिक २ घण्टाका दरले पोखरा बाग्लुङ राजमार्ग बन्द गर्ने निर्णय गरेकोे संयोजक चुडामणी अधिकारीले बताएका छन् ।यति गर्दापनि मागको सुनुवाई नभए यहि चैत ८ गतेबाट अनिश्चितकालिन ढिकुरपोखरी बन्दको आयोजना गरिएको उनले बताए ।

उता गाविस कार्यालय सोमवारदेखि नै अनिश्चितकालिन रुपमा बन्द गरिएको छ । गाविसवासीले आफुहरुका जायज मागमा कुनै बहाना देखाई आलटाल एवं ढिलासुस्ती गरिए कडा सघर्षमा उत्रिने चेतावनी समेत दिएका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले संसद्‌मा पार्टीको भूमिका थप प्रभावकारी बनाउने स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी बढे यो सरकारसँग जनता निराश हुन थालिसके : कांग्रेस एक खर्ब ८१ अर्बको पेट्रोलियम पदार्थ आयात मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु कांग्रेस संसदीय दलको बैठक सुरु विदेश पठाइ दिन्छु भन्दै लाखौ ठगी गरेको आरोपमा ६ जना पक्राउ एमालेका अध्यक्ष ओलीद्वारा इदको शुभकामना सुनचाँदीको मूल्य घट्यो मानव अधिकार उल्लंघन गर्नेलाई ६ महिना निलम्बन गर्न आयोगको सिफारिस जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेस हुने रवि लामिछानेमाथि फौजदारी अभियोगमा अनुसन्धान गर्न माग ओली, लेखक र गुरुङलाई ५ वर्ष चुनाव लड्न नदिन र ३ वर्ष विदेश जान नदिन सिफारिस आगामी आर्थिक वर्षमा करिब १ खर्बको काठ बेच्ने लक्ष्य छ: मन्त्री चौधरी संसद्ले नै बनाएको सरकारले संसद्लाई नै उपेक्षा गर्‍यो भने संसद्को अवस्था के हुन्छ ?: सांसद पन्त त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ