२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पोखरा लेखनाथ महानगरमा गाभ्नुपर्ने भन्दै चक्काजाम

१ चैत्र २०७३, मंगलवार १३:३२

 चैत १, पोखरा  |  ढिकुरपोखरी गाविसका जनताले आफुहरु महानगरवासी हुन चाहेको बताएका छन् । राज्यपुर्नसरचनाको खाका अनुसार गाविसवासीले सेवाग्रहण गर्दा अपायक पर्ने र थुपै्र झन्झट बेहोर्नुपर्ने भन्दै गाविसबासीले महानगरवासी बन्न चाहेको बताएका हुन् ।

हालको खाका अनुसार ढिकुरपोखरी गाविसलाई अन्नपुर्ण गाँउपालिकामा राखिएको छ । जसको केन्द्र साविक लुम्ले गाविस कार्यालय तोकिएको छ ।केन्द्र रहेको लुम्ले गाविसको साविक कार्यालय अधिकाशं गाविसबासीका लागि अपायक देखिएको भन्दै सोमवारदेखि ढिकुरपोखरीवासी आन्दोलनमा उत्रिएका छन् । उनीहरुले सोमवारदेखि नै पोखरा बाग्लुङ राजमार्ग बन्द गर्न थालेका छन् ।

जसअन्र्तगत सोमवार राजमार्गको नागडाँडा खण्डमा १ घण्टा चक्काजाम गरिएको थियो भने मंगलवार सोही स्थानमा मध्यान्न १२ बजेदेखि २ बजेसम्म २ घण्टा चक्काजाम गरिएको छ ।चक्काजामका कारण सयौं यात्रुहरु भने मर्कामा परेका छन् । यसैविषयमा सोमवार ढिकुरपोखरी गाविसको सर्वदलिय बैठक सम्पन्न भएको छ ।

बैठकले गाविसलाई पोखरा लेखनाथ महानगरपालिकाको वडा नं. ३४ कायम गर्नुपर्ने एक सुत्रिय निर्णय गरेको नेकपा एमाले ढिकुरपोखरी गाँउ कमिटिका अध्यक्ष केदारनाथ अधिकारीले बताए ।उनले ढिकुरपोखरीलाई पोखरा लेखनाथ महानगरपालिकाको वडा नं. ३४ कायम नभएसम्म संघर्षका कार्यक्रमहरु गर्दै जाने पनि बताएका छन् ।

गाविसबासी पुर्नसरचनाको खाकाले आफुहरुलाई ठुलो पीडा दिएको ठहर गर्दै सघर्षमा उत्र्रन थालेका छन् ।उनीहरुले सघर्ष समिति नै गठन गरेका छन् ।समितिले यहि चैत ७ गतेसम्म दैनिक २ घण्टाका दरले पोखरा बाग्लुङ राजमार्ग बन्द गर्ने निर्णय गरेकोे संयोजक चुडामणी अधिकारीले बताएका छन् ।यति गर्दापनि मागको सुनुवाई नभए यहि चैत ८ गतेबाट अनिश्चितकालिन ढिकुरपोखरी बन्दको आयोजना गरिएको उनले बताए ।

उता गाविस कार्यालय सोमवारदेखि नै अनिश्चितकालिन रुपमा बन्द गरिएको छ । गाविसवासीले आफुहरुका जायज मागमा कुनै बहाना देखाई आलटाल एवं ढिलासुस्ती गरिए कडा सघर्षमा उत्रिने चेतावनी समेत दिएका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो