पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>चैत २, भोजपुर । </b>भोजपुर परिवार, दक्षिण कोरियाबाट प्राप्त भएको राहत रकम प्राकृतिक प्रकोपपीडित तथा अग्निपीडितलाई वितरण गरिएको छ । <br></p><p>कोरियाबाट प्राप्त रु पाँच लाख ८८ हजार राहत रकम मङ्गलबार एक कार्यक्रमबीच पीडितलाई क्षतिको आधारमा वितरण गरिएको हो । भोजपुर जिल्ला घर भई कोरियामा कार्यरत नेपालीबाट सङ्कलित एकमुष्ट रकम भोजपुर परिवार, दक्षिण कोरियाका प्रतिनिधि सुनिल बान्तावा र लोकेश आलेले प्रजिअ एवम् जिल्ला दैविक प्रकोप उद्धार समितिका संयोजक गोमादेवी चेम्जोङलाई हस्तान्तरण गर्नुभएको थियो । </p><p>यसैबीच, उद्योग वाणिज्य सङ्घ भोजपुरले समेत सङ्कलन गरेको रु एक लाख १३ हजार सातसय ९६ मङ्गलबार नै हस्तान्तरण गरेको छ । रासस </p>

