चैत ३, अर्घाखाँची । रोल्पा जिल्ला पाङ गाविस– ५ निवासी दीपक विष्ट पाँच महिनादेखि हराएका थिए, कात्तिक ४ गते घरबाट हिँडेका विष्टलाई आफन्तले वनजङ्गल, खोल्साखाल्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

चैत ३, अर्घाखाँची । रोल्पा जिल्ला पाङ गाविस– ५ निवासी दीपक विष्ट पाँच महिनादेखि हराएका थिए, कात्तिक ४ गते घरबाट हिँडेका विष्टलाई आफन्तले वनजङ्गल, खोल्साखाल्"/>

2026-10-18 02:13 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

रोल्पाका एक युवालाई बेपत्ता भएको पाँच महिनापछि फेसबुकले यसरि गरायो मिलन


चैत ३, अर्घाखाँची । रोल्पा जिल्ला पाङ गाविस– ५ निवासी दीपक विष्ट पाँच महिनादेखि हराएका थिए, कात्तिक ४ गते घरबाट हिँडेका विष्टलाई आफन्तले वनजङ्गल, खोल्साखाल्सी सबैतिर खोजे, रेडियो पत्रपत्रिकामा सूचना राखे ,परिवार रोए, कराए , तर कही कतै फेला पार्न सकेनन् । 

‘अब जिउँदो छैन होला भनेर हिन्दू संस्कार अनुसार काजकिरिया गर्नसमेत योजना बनाएको बेला उनकोे फेसबुकमा फोटा देखे’ । घुम्दै फिर्दै सन्धिखर्कमा आएका विष्टको फोटो फेसबुकमा राखे अर्घाखाँचीका समाजसेवी सहयोगी बिसीले । 

उनले फेसबुकमा पोस्ट गरेको फोटो देखेपछि आफन्तलाई लाग्यो , दीपक अझै जिउँदै रहेछन् । परिवारले खुसी हुँदै मसँग फोन सम्पर्क गरे समाजसेवी सहयोगी बिसीले भन्नुभयो । 

दीपक अर्घाखाँचीमा आफुसँग सुरक्षित हुनुहुन्छ भन्ने खबर बिसीले दिए पछि त्यही आधारमा बुबा रामबहादुर विष्ट र भाइ टकबहादुर विष्ट सन्धिखर्कमा लिन आए । ‘जति बेला उनी तीन जनाको भेटभयो एक किसिमको रुवावासी भयो ’। खुसीका आँसु अनि एक आपसमा झम्टेर रुदा हामीहरुको समेत आँसु आयो बिसीले भन्नुभयो । 

दुई छोरी र एक छोराका पिता दीपक जो बोल्दै नबोल्ने, केही नभन्ने , बुबासँग भेट हुँदा खुट्टामा ढोग गर्दा र भाइलाई मुसारेर आर्शीवाद दिँदा खुसीको सीमा रहेन बिसीले बताउनुभयो । 

झन्डै १० वर्ष अघि इराकमा भिसा लागेर जान ठिक्क परेका बेला १२ नेपालीको हत्यापछि विदेश जान नपाउँदा र भिसा लागेको पैसा खेरगएपछि दीपकले मानसिक सन्तुलन गुमाएका थिए । 

उनलाई सन्धिखर्कबाटै काठमाडौँस्थित कोसिस संस्थामा उपचारका निम्ति पठाइएको छ । एउटा बेवारिसे व्यक्ति देखेर दुई,चारघन्टा समय दिँदा एउटा परिबारमा नयाँ खुसी ल्याउन सफल भएकोमा सहयोगी बिसी सारै खुसी छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु