कम क्षती हुनेगरी पहिलो विकल्पबाटै सडकले छिट्टै निकास पाउँछ: रायमाझी

चैत ४, अर्घाखाँची । सालझण्डी–सन्धिखर्क ढोरपाटन सडकखण्डको ट्रयाक खोल्ने"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कम क्षती हुनेगरी पहिलो विकल्पबाटै सडकले छिट्टै निकास पाउँछ: रायमाझी

चैत ४, अर्घाखाँची । सालझण्डी–सन्धिखर्क ढोरपाटन सडकखण्डको ट्रयाक खोल्ने"/>

2026-10-18 02:13 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

सालझन्डि ढोरपाटन जोड्ने सडकको ट्रयाक विवाद कहिले सु्ल्झिन्छ ?


कम क्षती हुनेगरी पहिलो विकल्पबाटै सडकले छिट्टै निकास पाउँछ: रायमाझी

चैत ४, अर्घाखाँची । सालझण्डी–सन्धिखर्क ढोरपाटन सडकखण्डको ट्रयाक खोल्ने विषयमा सन्धिखर्कमा भएको विवाद दुई बर्ष देखि कायमै रहेको छ । 

लामो समयसम्म विवाद कायम रहँदा सडकको ट्रयाक खोल्ने विषयमा अन्यौलता छाएको छ । सन्धिखर्क बजारबाट सडक विस्तार गर्दा घरघडेरी मासिने भन्दै स्थानीयले बिरोध जनाएका छन् । सन्धिखर्कमा ट्रयाक खोल्ने विषयमा झण्डै दुई बर्ष देखि विवाद हुँदै आएको छ ।

बागलुङको ढोरपाटनसम्म ट्रयाक खोल्ने काम सकिए पनि सन्धिखर्कमा विवाद रहँदा यो सडकले अझै पूर्णता पाउन सकेको छैन । ०६५ सालमा निर्माणकार्य सुरु भएको सडकको ट्याक खोल्ने काममा करिव ९९ प्रतिशत काम सम्पन्न भएकको सालझण्डी–सन्धिखर्क– ढोरपाटन सडक योजनाका प्रमुख हुम बहादरु एसी ले बताउनुभयो । 

उहाँले सन्धिखर्कमा लामो समयसम्म विवाद कायम रहँदा ट्रयाक खोल्न नसकिएको बताउनुभयो ।  विवाद सुल्झाउन पटकपटक वैठक तथा छलफल भए पनि सहमति कायम हुन नसक्दा अन्यौलता बढेको हो । ‘छिटो सहमति गरि ट्रयाक खोल्ने कामलाई पूर्णता दिनुपर्छ’ योजना प्रमुख एसी भन्नुभयो लामो समयसम्म विवाद गरिरहनु राम्रो हुँदैन ।’ सालझण्डी–सन्धिखर्क ढोरपाटन सडकखण्डको ट्रयाक खोल्ने काम करीब करीब सम्पन्न भईसकेकोले सन्धिखर्कमा बजार क्षेत्रमा मात्र विवाद गर्नु राम्रो होईन र अबको केही समयमै सहमती बाटै ट्रयाक खोलीने बताउनुभयो । उहाँले यो सडकले धेरै संभावनाहरु बोकेकोले यसको महत्व वुझ्नु पर्ने बताउनुभयो ।

 सन्धिखर्क चुत्रावेशीको मोटरेवल पुलबाट सडकलाई कता लैजाने भन्ने विषयमा विवाद छ । पुलबाट सन्धिखर्कको रतहले बजार वा चुत्रावेशी बजार गरि दुइ ओटा विकल्प अघि सारेपनि दुबै ठाउँका स्थानीयले ट्रयाक खोल्न नदिने अडान राख्दै आएका छन. । 

यसै गरी नेकपा माओवादी केन्द्रका संसदीय दलका उपनेता टोप बहादुर रायमाझीले स्थानीय जनतालाई कम क्षेती हुनेगरी पहिलो विकल्पबाटै ढोरपाटन सडकले निकास पाउने बताएका छन् । नेपाल पत्रकार महासंघ अर्घाखाँचीले गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै रायमाझीले नेपालकै महत्वको सडक भएका कारण यसलाई अवरोध गर्नु गलत रहेको बताउनु भएकोछ । कुनै पनि अवस्थामा ढोरपाटन सडकले निकास पाउनु पर्दछ उहाँले भन्नुभयो । जिल्लाको विकासको लागि आफु निरन्तर संघर्ष गरिरहेको भन्दै रायमाझीले दुवै निर्वाचन क्षेत्रलाई समदुरीमा राखेर विकासका गतिविधी अगाडी बढाएको दावि गर्नु भएको छ । 

यो सडकको जम्मा लम्वाइ एक सय ८५ किलो मिटर छ । रुपन्देहीमा ५, पाल्पामा २० अर्घाखाँचीमा ७० गुल्मीमा ४० र वाग्लुङ्गमा ५० किलोमिटर क्षेत्र सडकले ओगटेको छ । वाग्लुङ्गको धार्मिक तथा पर्यटकीय क्षेत्र ढोरपाटनसम्म पु¥याइएको यो सडकले पर्यटन प्रवद्र्धनका लागि निर्माण गरिएको हो ।

यस आर्थिक बर्षमा रुपन्देहीको कञ्चन खोला देखि अर्घाखाँचीको निगाली देउराली सम्मको ३० किलोमिटर, निगाली देउराली देखि अर्घाखाँचीको बलेबांग सम्म २५ किलोमिटर सडक ग्राभेल हुने भएको छ । 

लुम्बिनी धोरपाटन सडकको ट्रयाक खुलेसँगै अर्घाखाँची, पाल्पा,रुपन्देही, गुल्मी बागलुङ जिल्लाका बासिन्दाहरुलाई प्रत्यक्ष लाभान्वित हुने छन । सडक खुलेसँगै लुम्बिनी आएका पर्यटक पहाडी जिल्ला अन्र्तगत पाल्पा, अर्घाखाँची, गुल्मी, बागलुङको अवलोकन र भ्रमण गर्न धोरपाटन सडकले सहयोग पु¥याउने छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु