2026-07-25 12:25 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

माओवादी केन्द्र पोखरा लेखनाथ महानगरपालीका ८ मा अध्यक्षमा सुबेदी

कमल सुबेदी | चैत ५, पोखरा | नेकपा माओबादी केन्द्र पोखरा लेखनाथ महानगर पालीका ८ को अध्यक्षमा लक्ष्मी प्रसाद  सुबेदी  चयन भएका छन् । नेकपा माओबादी केन्द्र पोखरा लेखनाथ महानगर पालीका ८को तेस्रो अधिबेशन बाट सुबेदीको अध्यक्षतामा १७ सदस्यीय वडा समिति  गठन  भएको छ । समितिको उपाध्यक्षमा कृष्ण कुमारी गुरुङ्ग, सचिवमा छबिराज सुबेदी ,कोषाध्यक्षमा हिरा काजी श्रेष्ठ, सह सचिवमा मिठी देबि भन्डारी र सदस्यहरुमा हरि शरण श्रेष्ठ,कृष्ण प्रसाद बराल,बाबुराम भट्टराई,भरत क्षेत्री,संगम मरासिनी,राम बहादुर गिरी,कृष्ण बहादुर भट्टराई,सानु तामाङ, चुनमाया सुबेदी,लोकराज भन्डारी ,भोजराज  कुबर ,मजिरुन मिया रहेका  छन । अधिबेशनको उद्घाटन गर्दै नेकपा माओबादी केन्द्र्रका पोलिटब्युरो सद्स्य तथा   कास्कीका इन्चार्ज राज काजी गुरुङ्ग करणले चुनाव जस्तोसुकै हालतमा पनि हने भएकोले कार्यकर्तालाइ गाउ गाउमा परिचालन हुन आग्रह गरे । 

अब देश नया ढंगबाट अघि बढिसकेको बताउदै गुरुङ्गले जनयुद्धको सपना अब पुरा हुने बताए । राजधानी केन्द्रित बिकाश अब गाउ केन्द्रित हुने भएकोले अबको केहि बर्षमा गाउहरु परिर्बतन हुने बताए । नेकपा माओबादी केन्द्र्रका केन्द्रिय सदस्य गंगा पोखरेलले निर्बाचनले जनताको अधिकार रक्षा गर्ने भएकोले निर्बाचन नै अहिलेको आवश्यकता भएकोमा जोड दिए ।कार्यक्रममा नेकपा माओबादी केन्दका सल्लाहाकार कोमलनाथ बराल ,  माओबादी केन्द्र वडा न ५ का अध्यक्ष  नारायण बिक्रम शाही  ७ का अध्यक्ष सुर्य बहादुर कार्की , माओबादी केन्द्र वडा न ९ का अध्यक्ष बम बहादुर कार्की , युबराज पराजुली , जनक राज पराजुली छबिराज सुबेदी ,नेपाली काग्रेसका वडा न ८ का सभापति सुवास सिक्देल नेकपा एमालेका वडा न ८ का अध्यक्ष राज कुमार गिरी ,संगिय समाजबादी पार्टीका धन बहादुर परियार लगायतले नबनिर्वाचित समितिलाइ शुभकामना दिएका थिए ।  नेकपा माओबादी केन्द्र पोखरा लेखनाथ महानगर पालीका ८ को अध्यक्ष लक्ष्मी प्रसाद  सुबेदीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन राम बहादुर गिरीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक