२०८३, १८ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्थानीय निकायमा युवाको पहुँच सम्बन्धी अन्र्तक्रिया कार्यक्रम सम्पन्न

२०७३, ५ चैत्र शनिबार १५:०८

फागुन ५, काठमाडौं ।  काठमाडौं जिल्ला क्षेत्र नं ६ का माननीय सांसद भीमसेनदास प्रधानको सिफारिसमा निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्र्तगत स्थानीय निकायमा युवाको पहुँच सम्बन्धी अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । तारकेश्वर विकास समाज समितिको आयोजना र तारकेश्वर आवाज मासिक पत्रिकाको सहजीकणमा सम्पन्न भएको सो कार्यक्रममा नजिकिदै गरेको स्थानीय तहको निर्वाचनमा तारकेश्वर नगरपालिका अन्र्तगतका राजनीतिक दलहरुले युवाहरुको प्रतिनिधित्व के–कसरी गर्दैछन् भन्ने खालका विषयहरु प्रस्तुत भएका छन् ।


कार्यक्रममा प्रमुख अतिथि माननीय सांसद भीमसेनदास प्रधानले ०७४ वैशाख ३१ गते तोकिएको स्थानीय तहको निर्वाचमा युवाहरुले सक्रियताका साथ सहभागी भई नेतृत्व लिनुपर्ने बताए । यस्तै गरी सांसद प्रधानले नेतृत्व लिनको लागि युवाहरुले जागरुक तरीकाले लाग्नु पर्ने कुरामा समेत जोड दिए । कार्यक्रममा आफनो भनाई राख्दै काठमाडौं क्षेत्र नं ६ का नेपाली कांग्रेसका सभापति श्यामकृष्ण खड्गीले युवाहरु समाज परिर्वतनका सम्वाहक हुन्, विकासका खम्वा, युवाले अब हुने स्थानीय तहमा नेतृत्व लिन सक्नुपर्छ, त्यसको लागि सामाजिक रुपान्तरणमा लाग्नुपर्ने बताए ।


कार्यक्रममा आफनो भनाई राख्दै नेपाली कांग्रेस तारकेश्वर नगर सभापति श्रीराम थापाले विकासका लागि युवाहरुको नेतृत्वव अपरिहार्य रहेको र त्यसको लागि हाम्रा युवा साथीहरुले विकासका थप कामहरु गर्न आवश्यक रहेको बताए । काठमाडौ जिल्ला क्षेत्र नं ६ का नेपाली कांग्रेस संगठन विभागका प्रमुख  विष्णुभक्त तिमिल्सिनाले अहिलेको समयको स्थानीय निकायमा युवाको पहुँच सम्बन्धी अन्तरक्रिया कार्यक्रमको शीषक अतिनै सान्दभिक भएको र आगामी निर्वाचनमा युवालाई विशेष प्राथकिमिकताका साथ प्रतिनिधित्व गराउनु पर्ने बताए । सो कार्यक्रममा तारकेश्वर नगरपालिका अन्र्तगतका करीब सात सय युवाहरुको सहभागी रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधि सभा बैठक बस्दै खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली