सागर शर्मा/चैत ५, प्युठान फुलवारी एकिकृत गा्रामिण विकास संंस्था नेपालले आज २३ स्थापना दिवस मनाएको छ ।  

साताव्यापी कार्यक्रम अन्तर्गत आज संस्थाको केन्द्रिय का"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सागर शर्मा/चैत ५, प्युठान फुलवारी एकिकृत गा्रामिण विकास संंस्था नेपालले आज २३ स्थापना दिवस मनाएको छ ।  

साताव्यापी कार्यक्रम अन्तर्गत आज संस्थाको केन्द्रिय का"/>

२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

फुलवारी एकिकृत ग्रामिण विकास संस्थाले २३औँ स्थापना दिवस मनायो

५ चैत्र २०७३, शनिबार १५:४५


सागर शर्मा/चैत ५, प्युठान । फुलवारी एकिकृत गा्रामिण विकास संंस्था नेपालले आज २३ स्थापना दिवस मनाएको छ ।  

साताव्यापी कार्यक्रम अन्तर्गत आज संस्थाको केन्द्रिय कार्यालय खैरामा औपचारिक कार्यक्रम गरेको हो । राम्रो कामको सुरुवात गाउँबाटै पनि सम्भव  छ भन्ने नारा सहित २०५० सालमा स्थापना भएको थियो । 

जिल्ला समन्वय समिति प्युठानका स्थानीय विकास अधिकारी इन्द्र प्रसाद वस्यालले सामाजिक संस्थामा गर्न च’नौति रहेता पनि फ’लवारी संस्थाले जिल्लामा प्रभावकारी रुपमा काम गरेको बताउनु भयो । साथै जिल्लाको नयाँ संरचना अन्तर्गत ९ वटै स्थानीय तहमा सेवा प्रवाह गर्न सुझाव  समेत दिनुभयो । 

विशेष अतिथि गैर सरकारी संस्थाका केन्द्रिय उपाध्यक्ष पार्वता आचार्यले ग्रामिण स्तरमा स्थापित संस्था जिल्ला भर र जिल्ला बाहिर पनि कार्यक्रम संचालान गरेको बताउँदै गैरसरकारी संस्थाहरुले सरकारको कामलाई अझ प्रभावकारी रुपमा सञ्चालन गर्नको लागि साझेदारी को रुपमा नितिगत तवरबाट काम गर्ने संस्था रहेको प्रष्ट पार्नुभयो । 

कार्यक्रमको अवसरमा विकास पत्रकारीता पुरुस्कार सामुदायिक रेडियो कृपालुका कमल बि.कलाई प्रदान गरिएको छ ।  साथै संस्थाको उत्कृष्ट कर्मचारीको रुपमा अनुराधा नेपाली, कृषी क्षेत्रमा रहेर उल्लेखनीय काम गर्नुहुने विमला बस्नेत, उत्कृष्ट उद्यमी महिला अमृता बुढा, सप्ताहव्यापी कार्यक्रम अन्र्तगत जम्रीकाँडामा निःशुल्क स्वास्थ्य शिविरमा सहयोग पुयाउनुहुने लक्ष्मण भण्डारी, पिमलाल राना, टेक बहादुर राना लगायतलाई सम्मान गरिएको छ ।  

फुलवारी एकिकृत ग्रामिण विकास संस्था नेपालका अध्यक्ष लोक बहादुर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा राजनीतिकै दलका प्रमुख तथा प्रतिनिधि, सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, संस्थाका पदाधिकारी तथा कर्मचारी, पत्रकार लगातको उपस्थिति रहेको थियो ।

संस्थाका उपाध्यक्ष छन्दबहादुर वस्नेतको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन कार्यकारी निर्देशक विशाल खड्काले गर्नुभएको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य