२०८२, ४ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

नेपाली कांग्रेस मैदानको वृहत भेला सम्पन्न

२०७३, ५ चैत्र शनिबार १६:०२

चैत ५, अर्घाखाँची । नेपाली कांग्रेस साविक मैदान गाविस हाल पाणिनी गाउँपालीका वडा नम्बर ५ मा पार्टी सुदृणीकरण, भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । 

नेपाली कांग्रेस जिल्ला कार्य समिती अर्घाखाँचीको आयोजना तथा मैदान गाउँ कार्य समितीको आव्हानमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रमुख अतिथी नेपाली कांग्रेसका जिल्ला सदस्य इन्सु मियाँ, विशिष्ट अतिथीहरु जिल्ला उपसभापती शान्ता भण्डारी, जिल्ला सदस्य रामप्रसाद घिमिरे, पुर्व जिल्ला उपसभापती श्यामनाथ काश्यप लगाएतले मन्तव्य राख्दै जसले चारतारे झण्डा बोकेर रुखको चिन्ह लिएर उम्मेदवारको टिकट लिएर आउँदा कसैले पनी आफनो संगठनको हित विपरित कार्य गर्न नहुने बताएका थिए । जो सुकैले टिकट ल्याएतापनी चुनावको प्रचारप्रसारमा सवै लागीपर्ने बताएका थिए । 

कार्यक्रममा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधी युवानेता इन्द्रमणि पौडेलले पाणिनी गाउँपालिकामा नेपाली कांग्रेसलाई विजयी बनाउन सवै लागिपर्नुपर्ने बताउदै जोसुकै उम्मेदवार भएतापनी कांग्रेसलाई विजयी बनाउन लाग्नुपर्ने बताउनुभयो । 

पौडेलले अहिलेको समय र युगअनुसार जनताको चाहाना अनुसार युवामा नेतृत्व आउनुपर्ने बताउनुभयो । आफु पाणिनी गाउँपालीकाको अध्यक्षका लागी योग्य उम्मेदवार रहेको समेत बताउनुभयो । नेपाली कांग्रेसले देशको सवै आन्दोलनमा महत्वपुर्र्ण भुमिका खेलेको, २०७२ सालको संविधान कांग्रेसले ल्याएको हुदाँ कांग्रेसले ल्याएको संविधान अनुसार स्थानिय तहको चुनाव हुन लागेको पौडेलले बताउनुभयो । 

कार्यक्रममा जनताहरुले धारणा राख्दै विगतको चुनावमा मैदान गाविसमा नेपाली कांग्रेसले जित्दै आईरहेकोले अहिले पनी कांग्रेसको जित सुनिश्चत रहेको बताउदै बहुमतका साथ विजयी बनाउन सवै आ–आफनो तहबाट लागिपर्नुपर्ने बताए  । 

कार्यक्रममा नेपाली कांग्रेस मैदान गाउँ कार्य समिती, भातृसंगठनहरु, क्रियाशिल व्यक्तिहरु तथा कांग्रेस सँग शुभेच्छुक २०० जना जनताको सहभागिता रहेको थियो । कार्यक्रम नेपाली कांग्रेस मैदान गाउँ कार्य समितीका सभापती शालिकराम घिमिरेको अध्यक्षता, उपसभापती नेत्रप्रसाद गैरेको स्वागत र सचिव नारायण गैरेको सञ्चालनमा सम्पन्न भएको पत्रकार घनश्याम पौडेलले जानकारी दिनुभएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले बोलायो अनुशासन समितिको बैठक लागू औषध ब्राउन सुगरसहित चार जना पक्राउ सुनचाँदीको मुल्य घट्यो पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की