पढ्न करिब 2 मिनेट लाग्छ

सलिम अन्सारी | चैत ६, प्युठान | सरकारले आगामी वैशाख ३१ गते स्थानीय निकायको निर्वाचनको मिति तोकेको छ। चुनावको मिति घोषणा भएसँगै प्युठान जिल्लाका राजनीतिक दललाई चुनावी रापले तताएको छ ।प्युठानमा क्रीयाशिल राजनितिक दलले यतिबेला स्थानिय नेतृत्व आफ्नो पक्षमा पार्न गाउँ केन्दीत कार्यक्रमलाइ तिब्रता दिएका छन।नेपाली कांग्रस, नेकपा एमाले माओबादी केन्द्र,राष्ट्रीय जनमोर्चा लगायतका दल उमेदवार छान्ने प्रक्रियामा छन् ।

उनिहरु स्थानिय नेतृत्व छान्न गाउँ केन्द्रीत भएका हुन।दुई दशकपछी हुन लागेको स्थानिय तहको निर्बाचनलाइ लक्षित गर्दै जनताको मन जित्ने नारा लिएर दलका नेता र कार्यकर्ताहरु गाउँ गाउमा घरदैलो,सभा र कार्यक्रम गर्न थालेका छन।

चुनाव लड्ने आकाङ्क्षा बोकेका कतिपय नेताहरु आफ्नो कार्यक्षेत्र गाउँ नै बनाएर खटिरहेका छन ।

जिल्लाका नेता, कार्यकर्ता अहिलेदेखि नै आ–आफ्नो पार्टीको एजेन्डा लिएर गाउँगाउँ र टोलटोलमा पस्न थालेका छन् भने स्थानीयबासी लामो प्रतिक्षापछि नेता भेट्न पाउँदा मख्ख परेका छन् ।

जिल्लाका सडक, चोक, गाउँ, सहर सबै स्थानमा अहिले स्थानीय तह निर्वाचनकै कुराले प्राथमिकता पाउन थालेको छ । नागरिकमा अहिले चुनाव होला कि नहोला भन्ने आशङ्का देखिए पनि कतैबाट खासै विरोधका कार्यक्रम र स्वर सुन्न नआएकाले पनि चुनाव हुनेमा चुनावका पक्षमा रहेका दलहरु ढुक्क देखिएका छन् ।

प्रमुख दलका नेताहरु स्वयम् गाउँ पस्न थाले पछि मतदाताहरुमा अवचाहि चुनाव होला कि भन्नेमा आशावादी छन् ।

त्यसैगरी, यसअघि शान्त झै देखिने जिल्ला निर्वाचन कार्यालयका कर्मचारी पनि आवश्यक साधन, स्रोत जुटाउन, दलसँग अन्तक्र्रिया गर्नलगायतका व्यवस्थापकीय काममा व्यस्त देखिन थालेको पाइन्छ ।

जिल्ला निर्वाचन कार्यालय, प्युठानका सूचना अधिकृत बल बहादुर भण्डारीका अनुसार हालसम्म सङ्कलन गरिएको लगतअनुसार यस जिल्लामा १ लाख ३१ हजार ३ सय ३८ मतदाता रहेका छन् । कुल मतदातामध्ये ६८ हजार ८ सय १७ महिला र पुरुष ६२ हजार ५ सय २० रहेका छन् ।

सो कार्यालयका अनुसार, हालसम्म निर्वाचन प्रयोजनका लागि यहाँका ११ ओटा दलले सबै कानुनी प्रक्रिया पूरा गरी निर्वाचन कार्यालयमा दल दर्ता गराएका छन् । मतदाता नामावली अद्यावधिक गर्न प्रक्रिया समेत सकिएको सूचना अधिकृत भण्डारीले बताए।

नयाँ संरचना अनुसार सरकारले प्यूठानमा २ नगरपालिका र ७ वटा गाँऊपालिका सहित ९ वटा पालिका निर्धारण गरेको छ।