२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सुकुटीवाला सुदिप : घरैमा व्यवसाय गरेर मनग्य आम्दानी गर्दै

७ चैत्र २०७३, सोमबार ००:३८

पूर्णप्रसाद न्यौपाने /रविन श्रेष्ठ

चैत्र ७,ओखलढुंगा । रोजगारीको खोजीमा दैनिक हजाराँै युवा बिदेसिन्छन् । बिदेशिनेहरूको एउटै गुनासो छ,‘देशमा रोजगारीको कुनै अवसर छैन त्यसैले विदेश जानुको विकल्प छैन ।’ तर इलम गरे स्वदेशमै सम्भावना छन भन्ने उदाहरण बन्न सफल भएका छन् ओखलढुंगा सदरमुकामका सुदिप श्रेष्ठ । उनी घरमै सुकुटी बेचेर स्वरोजगार मात्रै बनेका छैनन् घर परिवारको सबै आवश्यकता पुरा गरिरहेका छन् भने अरुहरुको भन्दा बढी नै सन्तुष्ट समेत देखिन्छन् । 

श्रेष्ठको एउटै मान्यता छ,’स्वदेशमै जाँगर गरे पैसा कमाउन विदेश जानु पर्दैन ।’ उनी भन्छन् ‘गर्नेलाई स्वदेशमा,विदेशमा कतै जानु पर्दैन घरैभित्र प्रसस्तै सम्भावनाहरु छन् ।’

करिब दशक अघि सुकुटी बेच्न सुरु गर्दाका दिन सम्झँदै उनी भन्छन्,’सुरुमा बाध्यताले व्यवसाय थालेँ, अहिले ब्राण्डजस्तै बनेको देख्दा खुसी लाग्छ ।’ अहिले सुदिपले सञ्चालन गरेको होटेल सुकुटी हाउसका रूपमा परिचित छ । सुदिपले गणेश चोक नजिकै आफ्नै घरमा सानो होटेल खोलेका छन् । तर,उनको होटलमा पाईने सुकुटी,लोकल कुखुराको मासु र ढिँडो लगाएतका परिकारको धेरै चर्चा हुन्छ । 

उनको होटेलमा सुकुटीको स्वाद लिन ग्राहक पालो कुरेर बस्नुपर्ने अवस्था समेत देखिन्छ । ’सुकुटी खान विशिष्ट व्यक्ति देखि सामान्य ग्राहक समेत आउने गर्छन’, उनले भने,’जाडो मौसममा झन बढी बिक्री हुन्छ ।’ सुुकुटीवाला सुदिपको करिब १५ देखि २० केजी सुकुटी बेच्दा मासिक ३० देखि ३५ हजार आम्दानी हुने गरेको छ । ओखलढुंगा बजारमा प्राय चिसो हुने भएकाले सुकुटीको बजार राम्रो भएको उनको भनाइ छ,भिजन नेपाल ओखलढुंगा साप्ताहिकमा खबर छ ।

लसुन र अकबरे खोर्सानी साथमा खोर्सानीको अचार समेत मिसाएर खान पाईने हुँदा त्यहाँको सुकुटी स्वास्थ्यका दृष्टिले पनि राम्रो हुने र सफा समेत रहेको सुकुटी खाईरहेका प्रविण शाक्यले बताए । उनी सुदिपको सुकुटी हाउसका नियमित ग्राहक हुन् । २०५९ साल देखि सुकुटी व्यवसाय सञ्चालन गरेका सुदिप रोजगारीको खोजीमा रहेका युवालाई पनि कुनै न कुनै इलममा लाग्न सुझाउँछन् । विदेशमा रोजगारी गर्न जाँदा होस वा स्वदेशमै रोजगारी खोज्दा सोर्सफोर्स र पैसा खर्च हुने बुझेका उनले भने,’त्यो पैसाले त आफै कुनै न कुनै व्यवसाय गरे स्वरोजगार बन्न सकिन्छ ।’ आत्मनिर्भर बन्न व्यवसायको विकल्प नभएको बताउने उनी भन्छन्,’आफ्नो व्यवसाय भनेको आफ्नै हो, सानो र ठूलो भनेर तुलना गर्नु हुँदैन ।’ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै