चैत ७, लमजुङ । उत्तरी लमजुङको पर्यटकीय गाउँ सिउरुङमा पछिल्लो समय पर्यटकको चहलपहल बढेको छ । 

हिमपातका कारण अन्नपूर्ण पदमार्गमा अवरोध भएपछि विद"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

चैत ७, लमजुङ । उत्तरी लमजुङको पर्यटकीय गाउँ सिउरुङमा पछिल्लो समय पर्यटकको चहलपहल बढेको छ । 

हिमपातका कारण अन्नपूर्ण पदमार्गमा अवरोध भएपछि विद"/>

2026-09-08 12:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सिउरुङमा पर्यटकको चहलपहल बढ्यो


चैत ७, लमजुङ । उत्तरी लमजुङको पर्यटकीय गाउँ सिउरुङमा पछिल्लो समय पर्यटकको चहलपहल बढेको छ । 

हिमपातका कारण अन्नपूर्ण पदमार्गमा अवरोध भएपछि विदेशी पर्यटक ग्रामीण पर्यटकीय गाउँ सिउरुङ पुगेका हुन् । हप्ता दिनसम्म मनाङमा परेको हिमपातले अन्नपूर्ण पदमार्गमा अवरोध भएपछि बाह्य पर्यटक सिउरुङ आइपुगेको पर्यटन विकास समितीका सचिव उमरबहादुर गुरुङले बताउनुभयो । 

“सिउरुङमा पछिल्लो समयमा आन्तरिक तथा बाह्य पर्यटक आउने क्रम बढ्दो छ,” उहाँले भन्नुभयो । यहाँ दैनिक १०–१२ जना विदेशी पर्यटक आउने गरेका छन् । गाउँमा पर्यटकीय चहलपहल बढेपछि स्थानीय उत्साहित भएका छन् । पर्यटकलाई राम्रो सेवा र सुविधा दिन यहाँका १५ घरमा व्यवस्थित घरबास पूर्वाधार निर्माण गरिएको छ । 

सिउरुङलाई २०६२ सालबाट पर्यटकीय गाउँ बनाउने अभियानमा गाउँले लागेका हुन् । समुद्री सतहदेखि एक हजार ८५४ मिटर उचाइमा अवस्थित सिउरुङमा एक सय १५ घर रहेका छन् । प्राकृतिक सुन्दरता, गुरुङ संस्कृतिमा प्रख्यात सिउरुङ गाउँ जैविक विविधताले पनि उत्तिकै महत्वपूर्ण मानिन्छ । 

सिउरुङमा स्थानीय आमा समूहको सक्रियतामा सामूहिक पाहुना घर निर्माण गरिएको छ । आमा समूहले नै नाचगान गरी जम्मा गरेको पैसाले पाहुनाघर बनाएका छन् । स्थानीय महिला गाउँ घुम्न आउने पाहुना स्वागत सत्कारका लािग यही समूह घरमा जम्मा हुने गर्छ । 

गाउँमा पुग्ने पाहुनालाई सामूहिक पाहुना घरमा राखेर सत्कार गर्नु, सोरेठी, घाँटू, कृष्णचरित्र, लोकदोहोरी, रोधिलगायतका परम्परागत नृत्य प्रस्तुत गर्नु सिउरुङबासीको चलन नै भएको गुरुङ बताउनुहुन्छ । 

स्थानीयवासीले गाउँमै उत्पादन गरेका मकै, धान, कोदोलगायत हरियो सागसब्जी, गेडागुडी, गाउँमै पालिएका भेडा, खसी तथा कुखुराको मासु खुवाउने गर्छन् । स्थानीयको स्वागत सत्कार र सम्मानले पर्यटकलाई लोभ्याउने गरेको छ । 

गुरुङ जातिका पुराना संस्कृति तथा संस्कार जोगाइराख्न पनि यस्ता कार्यक्रम उपायेगी भएको छ । बुढापाकाले धान्दै आएका यस्ता कार्यक्रम पछिल्लो समय युवायुवतीले पनि सिको गर्दै आएका छन् । 

सिउरुङबाट मनास्लु, माछापुच्छे«, बौद्ध, लमजुङ, अन्नपूर्णलगायतका हिमाल आँखै अगाडि देखिन्छन् । यहाँबाट सूर्योदयको दृश्य समेत हेर्न सकिन्छ । सदरमुकाम बँेसीसहरदेखि सिउरुङ गाउँसम्म मोटर पुगेको छ । हिँडेर आउन नसक्नेका लागि सडक बनेपछि सहज भएको छ । बँेसीसहरदेखि खुदी अर्खलेसम्म करिब दुई घन्टा गाडीमा यात्रा गरी करिब चार घन्टाको पैदलमार्गबाट पनि सिउरुङ पुग्न सकिन्छ । 

सिउरुङसँगै ताघ्रिङको कालाघिरिङ छापा र मिप्रा गाउँ पनि होमस्टेका रुपमा विकास भएका गाउँ हुन् । सिउरुङबाट थुर्जु–दूधपोखरी हँुदै कास्की जिल्लाको पर्यटकीय गाँउ सिक्लेस–ताङतिङ जाने बाटो समेत छ । 

सिउरुङ गाउँबाट कालाघिरिङ हँुदै अन्नपुर्ण पदयात्रा मार्गको च्याम्चे र नामुनभञ्ज्याङ हुँदै मनाङ पुग्ने दुईवटा बाटो रहेको छ । पदमार्ग सञ्चालन हुनसके पर्यटकको बसाइँ लम्बाउन सकिने स्थानीयवासी बताउँछन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल