Skip to content
Friday, July 17, 2026 Nepali Online Media

वर्षातले काँचो इँटा गल्दा करोडौको क्षति

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

राम नारायण पंडित/चैत ७, सिरहा । सिरहामा वर्षातको कारणले भट्टामा हाल्न सुकाएर तयारी अवस्थामा राखिएको काँचो इँटा गल्दा करोडौको क्षति भएको छ ।

आइतबार राती परेको पानीले जिल्लाका विभिन्न ठाउँमा रहेका ५० वटा भन्दा बढी इँटा भट्टामा पोल्न तयारी अवस्थामा राखिएका काँचो इँटा गल्दा ३ करोड भन्दा बढीको क्षति भएको व्यवसायीहरुले बताए ।

नेपाल इँटा भट्टा महासंघका केन्द्रीय सदस्य समेत रहेका गोलबजार स्थित सागर इँटा उद्योगका संचालक बिक्रम साहले अहिलेको पिक सिजनमा जिल्लाका भट्टाहरुमा पोल्न राखिएका काँचो इँटा गल्दा व्यवसायीहरुले ठूलो आर्थिक क्षति बेहोर्नु परेको बताए ।

गोलबजार स्थित सगुन इँटा उद्योगका संचालक रामसगुन यादवले वर्षातको पानीले काँचो इँटा गल्दा व्यवसायीहरुले लागत मूल्य गुमाउनु पर्नुको साथै त्यसलाई पुनः गलाएर नयाँ बनाउनु पर्दा दोब्बर मर्का परेको बताए ।

सिरहामा जम्मा ५० वटा भन्दा बढी ईटा भट्टा संचालनमा रहेका छन् ।