चैत ८, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणका क्रममा कुनै पनि सन्धि–सम्झौता नहुने भएको छ । 

प्रधानमन्त्री दाहालको चीन भ्रमणका क्रममा चि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चैत ८, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणका क्रममा कुनै पनि सन्धि–सम्झौता नहुने भएको छ । 

प्रधानमन्त्री दाहालको चीन भ्रमणका क्रममा चि"/>

३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्रीको चीन भ्रमणमा कुनै सम्झौता नहुने

८ चैत्र २०७३, मंगलवार ०१:५०

चैत ८, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणका क्रममा कुनै पनि सन्धि–सम्झौता नहुने भएको छ । 

प्रधानमन्त्री दाहालको चीन भ्रमणका क्रममा चिनियाँ प्रधानमन्त्री ली खछ्याङ चीनमा नहुने हुँदा सन्धि–सम्झौता पनि नहुने भएको हो । परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा ‘प्रोटोकल’ नमिल्ने हुँदा कुनै पनि सन्धि–सम्झौता हुनेछैन ।

प्रधानमन्त्री दाहालको चीन भ्रमणका क्रममा चिनियाँ विदेशमन्त्री वाङ यीसमेत चीन नहुने हुँदा विदेश मन्त्रालयस्तरमा समेत सम्झौता नहुने भएको हो । प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा चीनले अगाडि सारेको ‘वान बेल्ट वान रोड (ओबीओआर)’ परियोजनासम्बन्धी समझदारी पत्रमा हस्ताक्षर हुने बताइएको थियो ।

प्रधानमन्त्री चीन भ्रमणमा जाँदै गर्दा चिनियाँ प्रधानमन्त्री ली अस्ट्रेलिया र न्युजिल्यान्ड भ्रमणमा जाँदै छन् । ‘प्रधानमन्त्री दाहाल र चिनियाँ राष्ट्रपतिबीच भेटवार्ता भए पनि प्रोटोकल नमिल्दा कुनै पनि सम्झौता हुनेछैनन्,’ परराष्ट्र स्रोतले भन्यो, ‘प्रधानमन्त्रीको भ्रमण औपचारिक रूपमा चीन जाने र आउने मात्र हुनेछ ।’

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा भएको व्यापार तथा पारवहन सन्धि भएको थियो । अहिलेसम्म सो सम्झौता कार्यान्वयनमा आउन सकेको छैन । प्रधानमन्त्री दाहालको चीन भ्रमणका क्रममा सो सम्झौताको प्रोटोकलमा हस्ताक्षर हुने बताइएको थियो ।

प्रधानमन्त्री दाहाल बोआओ सम्मेलनमा सहभागी हुन १० चैतमा चीन भ्रमणमा जाँदै छन् । प्रधानमन्त्री चीन भ्रमणमा रहँदा चिनियाँ प्रधानमन्त्री सीसँगै केही विदेशी नेताहरूसँग समेत भेटावार्ता गर्नेछन् । त्यस्तै, सम्मेलनमा विश्वका आर्थिक नेतृत्वहरूको उपस्थिति हुने हुँदा त्यसको फाइदा उठाउँदै व्यवसायी तथा उद्योगीहरूसँग समेत भेट गर्ने सक्ने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

यसैबीच, परराष्ट्र मन्त्रालयले चीन भ्रमणमा जाने १२ सदस्यीय टोली तय गरेको छ । टोलीमा प्रधानमन्त्री पत्नी सीता दाहाल, परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतसँगै परराष्ट्र सचिव शंकरदास वैरागीसमेत सहभागी हुनेछन् । त्यस्तै, टोलीमा प्रधानमन्त्री कार्यालयका एकजना सचिवसमेत सहभागी हुनेछन् । -राजधानी दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल