चैत ८, भक्तपुर । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले संविधान संशोधन बिना निर्वाचन गर्ने आँट कसैको नभएको बताएका छन् । 

रफत सञ्चार क्लबले आज आयोज"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चैत ८, भक्तपुर । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले संविधान संशोधन बिना निर्वाचन गर्ने आँट कसैको नभएको बताएका छन् । 

रफत सञ्चार क्लबले आज आयोज"/>

२०८३, १८ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संशोधन बिना निर्वाचन गर्ने आँट कसैसँग छैन: महतो

२०७३, ८ चैत्र मंगलवार ०९:३३

चैत ८, भक्तपुर । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले संविधान संशोधन बिना निर्वाचन गर्ने आँट कसैको नभएको बताएका छन् । 

रफत सञ्चार क्लबले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै नेता महतोले नेकपा एमाले, नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको बेइमानीका कारण संविधान संशोधन हुन नसकेको जिकिर गरे । 

मधेसमा दुई प्रदेश दिने सहमति भएपनि त्यसको कार्यान्वयनमा ठूला दलहरुले राजनीतिक बेइमानी गरेको उनको आरोप थियो । उनले भने – “सीमाङ्कन नै मधेसी मोर्चाको पहिलो एजेन्डा भएकाले यसलाई थाती राखेर निर्वाचनमा जाने भन्नु मधेस र मधेसीलाई धोका दिनु हो ।” 

केन्द्रीकृत शासन व्यवस्थाका कारण मधेस र मधेसी जनताले कहिल्यै पनि अधिकार प्राप्त गर्न नसकेको उनको भनाइ छ । मधेसलाई बेवास्ता गरेर निर्वाचन गर्न खोजिए त्यो देशकै लागि दुर्भाग्य सावित हुने चेतावनी उनले दिए । 

दललाई भारत परस्त देख्ने नेपालका राजनीतिक दलका नेता नै दिल्लीबाट सञ्चालित भएको उनको आरोप थियो । 

आफूहरु विगतमा पटक÷पटक सरकारमा बसेको भएपनि सिंहदरबारको चार किल्लाले मधेसलाई अधिकार दिन नचाहेकै कारण केही गर्न नसकिएकाले आन्दोलनको बाटो रोजेको बताउँदै उनले अधिकार प्राप्तिका लागि अब जनतालाई दुःख नहुने दबाबमूलक विरोध कार्यक्रम गर्ने तयारी भइरहेको जानकारी दिए ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधि सभा बैठक बस्दै खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली