२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रुपन्देहीमा दिनदाहाडै पेस्तोल देखाएर गाडी र मोबाइल लुटियो

२०७३, ८ चैत्र मंगलवार १२:४२


टंक सुनार/चैत ८, रुपन्देही । रुपन्देहीको देवदह खैरेनीमा दिनदाहाडै लुटपाट भएको छ । 

मोटरसाइकलमा आएका चार जनाको अज्ञात समुहले पेस्तोल देखाएर देवदह आर्दश बहुमुखी क्याम्पसका स्ववीयु अध्यक्ष कृष्ण पौडेलको गाडी र मोबाइल सेट लुटेर लगेको प्रहरीले जानकारी दिएको छ । 

देवदहको मिलचोकबाट शिबालय टोल तर्फ जाँदै गर्दा मोटसाइकलमा आएका अज्ञात समुहले पौडेल सवार बा १५ च ७२७९ नम्बरको कार र मोबाइल सेट लुटेर लगेको पिडित पौडेलले बताउनु भयो । एक्कासी मोटरसाइकल गाडीको अगाडी रोकेको र आफुलाई बाहिर निकालेर गाडीको पछाडी धकेल्दा आफु बचेर भागेको पौडेलको भनाई छ । 

घटना लगत्तै प्रहरीले पौडेलको मोवाइल नेटवर्क जाँच गर्दा नवलपरासीको किर्तीपुर सम्म रहेको र त्यसपछि बन्द भएको देवदह प्रहरी प्रमुख केश बहादुर थापाले जानकारी दिनु भयो । घटनाको बिरोधमा एमाले कार्यकर्ताहरुले पुर्व पश्चिम लोकमार्गमा एक घण्टा चक्काजाम गरेका थिए । 

पछिल्लो समयमा देवदह क्षेत्रको सुरक्षा चुनौती वढ्दै गएको छ । केही समय अगाडी मात्रै युवा संघ अध्यक्ष दुर्गा तिवारीलाई गोली प्रहार गरी हत्या गरीएको थियो । हत्या लगत्तै धम्की आउने मध्ये पौडेल पनि एक हुन । 

तिवारी हत्याको समयमा धम्की आएका कारण यस घटनालाई पनि यसै घटना संग जोडेर हेरीएको छ । घटना लगत्तै देवदह क्षेत्रको सुरक्षा ब्यवस्था कडा पारीएको छ । लुटेराहरुको खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा