आगामी हुन लागेको निर्वाचनामा भाग लिनको लागि पर्वतमा ९९ हजार भन्दा बढि मतदाता रहेको पाइएको छ । जिल्ला निर्वाचन कार्यालय पर्वतले जिल्लाको मतदाता सख्या प्रमाण्णितको लागि केन्द्रमा पठाइसकिएको जनाएको छ । 

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

आगामी हुन लागेको निर्वाचनामा भाग लिनको लागि पर्वतमा ९९ हजार भन्दा बढि मतदाता रहेको पाइएको छ । जिल्ला निर्वाचन कार्यालय पर्वतले जिल्लाको मतदाता सख्या प्रमाण्णितको लागि केन्द्रमा पठाइसकिएको जनाएको छ । 

2026-09-19 10:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पर्वतमा ९९ हजार भन्दा बढी मतदाता


आगामी हुन लागेको निर्वाचनामा भाग लिनको लागि पर्वतमा ९९ हजार भन्दा बढि मतदाता रहेको पाइएको छ । जिल्ला निर्वाचन कार्यालय पर्वतले जिल्लाको मतदाता सख्या प्रमाण्णितको लागि केन्द्रमा पठाइसकिएको जनाएको छ । 

गएको फाल्गुन  ९ सम्म  अध्यावधिक गरिएको जिल्लाका मतदाता संख्या ९९ हजार ६ सय ७० रहेको जनाउँदै परिचय पत्रको लागि केन्द्रमा पठाइएको कार्यालयले जनाएको हो ।स्थानीय तह पुर्नसंरचना अनुसार  जिल्लामा  ६८ केन्द्र रहेको मा आसन्न निर्वाचनको लागि केन्द्र बढाइएको छ । अहीले जिल्ला  मतदान केन्द्र  सिफारीस समीतीको  निर्णय अनुसार  ७४ कायम गरीएको  छ ।   आउँदो  बैशाख  ३१ गते  तोकीएको स्थानीय तह निर्वाचनको सम्पन्न गराउन  ७४ केन्द्र कायम भइसकेको  कार्यालयले जनाएको हो ।कार्यालयका अनुसार निर्वाचन सम्पन्न गराउन जिल्ला भर तीन सुरक्षा निकाय सँगै ८ सय जना निजामती र शिक्षक कर्मचारीहरु परिचालन हुने  जिल्ला निर्वाचन अधिकृत लक्षु शर्माले जानकारी दिए । शर्माले  केन्द्रले अध्यावधिक गरेर मतदाताको नामावली पठाएपछि मात्र परिचय पत्र     वितरणको काम थालनी हुने बताए । 

  कार्यालयका अनुसार हाल सम्म जिल्लामा १६ दल कायम रहेका छन । एक मतदाताले  आफ्ना वडाका सबै दलका एक एक प्रतिनिधि चुन्न सकिने व्यवस्था पछिल्लो निर्वाचनले व्यवस्था गरेको जनाएको हो । कार्यालयका अनुसार  कुश्मा    नगर पालिका मा तीन र अन्य गाउँ पालिकामा तीन  गरी  ६ केन्द्र थप         गरीएको हो ।

आउँदो निर्वाचनमा कस्ता व्यक्तिले लड्न पाउँछन् ? 

लामो समयको अन्तरपछी नेपालमा स्थानीय निकायको निर्वाचन हुँदैछ । निर्वाचन आयोगका अनुसार यो पटक झन्डै ४ लाखको हाराहारीमा उम्मेदवार उठ्दैछन । यत्रो संख्यामा उम्मेदवारले लड्ने आगामी चुनावमा लड्न कस्तो मापदण्ड चाहिएला त ? यो कुरा धेरैलाई चासोको      कुरा हो त्यसैले हामीले तपाईलाई यससम्बन्धि जानकारी गराउन     गईरहेका छौं ।

–उम्मेदवार हुनका लागि नेपाली नागरिक हुनुपर्छ र उम्मेदवारी दर्ता गर्न नागरिकताको प्रमाणपत्र चाहिन्छ । 

–उम्मेदवारको उमेर कम्तिमा २१ बर्ष पूरा भएको हुनुपर्छ ।

 –मतदाता नामावलीमा नाम दर्ता गराईसकेको हुनुपर्छ । 

–जुन स्थानमा तपाईंले मतदाता नामावली छ त्यहाँबाट मात्र तपाइले स्थानीय तहको चुनाव लड्न पाउनुहुन्छ । (उदाहरणको लागि यदि तपाईको नामावली पर्वत जिल्लामा छ तर तपाइँ काठमाडौँको कुनै स्थानीय तहमा चुनाव लड्ने सोचमा हुनुहुन्छ भने तपाइले पाउनुहुन्न । यस्तो अवस्थामा तपाइँ चुनाव लड्न आफ्नो मतदाता नामावली भएकै स्थानको स्थानीय तहमा पुग्नुपर्ने हुन्छ ।)

–उम्मेदवार हुनका लागि कुनै फौजदारी मुद्दा नलागेको र कारबाही नभोगेको नागरिक हुनुपर्छ ।

उम्मेदवार कसरी छानिन्छ ? 

स्थानीय निर्वाचनमा सम्वन्धित स्थानीय तह (जुन गाउँपालिका र नगरपालिका अन्तर्गत पर्छन) उल्लेख भएका त्यहाँका मतदाता नामावलीमा नाम भएका नागरिकहरुले बिभिन्न पदमा बिभिन्न दल तथा स्वतन्त्रबाट उठेका उम्मेदवारहरुलाई निर्वाचनको दिन मतदान गर्छन । एउटै मतदाताले ७ जना उम्मेदवार (स्थानीय तहको प्रमुख, उपप्रमुख, आफ्नो वडाको वडाध्यक्ष र बाँकी चार जना सदस्य)लाई मतदान गर्नेछ । यसरी निर्वाचनमा जसले पद अनुसार सबैभन्दा बढी मत प्राप्त गर्छ, त्यसको विजय     हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो