नन्दराम जैशी/चैत १०, जुम्ला । जुम्लामा जारी एसईई परिक्षा अन्तरर्गत दैनिक नियम विपरित विभिन्न गतिविधिहरुका बीच परिक्षा सम्पन्न भैरहेको छ । 

जु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

नन्दराम जैशी/चैत १०, जुम्ला । जुम्लामा जारी एसईई परिक्षा अन्तरर्गत दैनिक नियम विपरित विभिन्न गतिविधिहरुका बीच परिक्षा सम्पन्न भैरहेको छ । 

जु"/>

२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जुम्लामा ५ परिक्षा केन्द्रबाट ११ निरिक्षक र १० विद्यार्थी एकैदिन निष्कासीत

१० चैत्र २०७३, बिहीबार ०५:५५


नन्दराम जैशी/चैत १०, जुम्ला । जुम्लामा जारी एसईई परिक्षा अन्तरर्गत दैनिक नियम विपरित विभिन्न गतिविधिहरुका बीच परिक्षा सम्पन्न भैरहेको छ । 

जुम्लामा तोकिएका १४ परिक्षा केन्द्रका अधिकांश निरिक्षकहरुले चिटचोराउने तथा नियम संगत परिक्षा संचालन नगर्ने, कुनै शिक्षण संस्थामा कार्यरत नभएकालाई र परिक्षामा गार्ड राखिएको र निरन्तर परिक्षार्थीहरुले परिक्षामा होहल्ला गर्ने तथा अनियमित गतिविधिका बीच पनि दैनिक परिक्षाहरु संचालन भईरहेका छन् ।                                 

 प्रायः परिक्षा केन्द्रका गार्डहरुले परिक्षामा चिट चोराउने गरेकाले पनि परिक्षा मर्यादित नभएको पाइएको छ ।

एका तर्फ विद्यार्थी चिटचोर्ने तथा अर्कोतर्फ निरिक्षक र गार्ड बसेकाहरुले अनियमति कार्यमा अग्रसर भएकाले विभिन्न परिक्षा केन्द्रहरुबाट परिक्षार्थी तथा निरिक्षकलाई निष्कासन गर्ने लहर पनि जुम्लामा चलिरहेको छ । यसैबिच बुधबार जुम्लाका ५ परिक्षा केन्द्रबाट ११ निरिक्षक र १० विद्यार्थीलाई बुधबारको परिक्षाबाट निष्कासन गरिएको छ ।                

 परिक्षामा नियम विपरित कार्य गरेको भन्दै ११ जना निरिक्षकलाई पुन: परिक्षामा सामेल नहुने गरी निष्कासन गरिएको छ भने विद्यार्थीहरुलाई बुधबारको परिक्षा रद्द हुने परिक्षाबाट निष्काशित गरिएको परिक्षा सुचना अधिकारी खडानन्द चौलागाईले जानकारी दिनुभयो । उहाँका अनुसार सिंजा लुड्कु परिक्षा केन्द्रबाट निरिक्षकहरु शंकर धिताल, डिलिप कुमार यादब, सारादा आर्चाय, जगत रावत र लोकेन्द्र उपाध्यायलाई निष्कासन गरिएको छ । सोही केन्द्रबाट विद्यार्थी सपना बुढा र विजय रावललाई बुधबारको परिक्षा रद्द हुने गरी निष्काशित गरिएको छ ।

 साथै विद्यालय निरिक्षक मकरबहादुर भण्डारीको टोलीले पनि नराकोट परिक्षा केन्द्रबाट ३ जना निरिक्षकलाई निष्कासन गरेको छ । निष्कासन हुनेमा राजबहादुर बुढा, बद्रिनाथ योगी र पन्चलाल बुढा रहेका छन् । 

त्यस्तैः कर्णाली मावि अनामनगर परिक्षा केन्द्रबाट निरिक्षक निरु तिमिल्सिना र लोकबहादुर थापालाई बुधबारबाट निष्कासन गरिएको विद्यालय निरिक्षक तथा परिक्षा सुचना अधिकारी खडानन्द चौलागाँईले रेडियो माउन्टेनलाई जानकारी दिनुभयो ।

 सोहि केन्द्रबाट परिक्षार्थीमा मनिषा रावत, दिनेश सुनार, कुस्मा सेजुवाल, विमला सुनार, गिता थ्याईत र सिता सुनारलाई निष्काशित गरिएको हो । यता महतगाउँ परिक्षा केन्द्रबाट रेखा सुनारको सटमा परिक्षा दिएका

दिपेन्द्र सुनारलाई परिक्षाहलबाट निष्काशित गरिएको छ भने चन्दननाथ परिक्षा केन्द्रबाट निरिक्षक सुर्यस डवाडीलाई निष्काशित गरिएको बताइएको छ ।    

 परिक्षा अमर्यादित हुनुमा परिक्षा केन्द्रभित्र खटिएका कर्मचारीहरुलाबाटै अनियमितता भएको सरोकारवालाहरुको बुझाई छ । एस इइ परिक्षाको छौटौँ दिन बुधबार स्वास्थ्य जनसंख्यान तथा वाताबरण शिक्षाको विषयको परिक्षा जिल्लाका ५ परिक्षा केन्द्रबाहेक अरुसबै केन्द्रमा शान्त तथा मर्यादित रुपमा सम्पन्न भएको जिल्ला शिक्षा कार्यालय जुम्लाले जनाएको छ । सातौँ दिन चैत्र १० गते एच्छिक विषयको परिक्षा हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य