२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नवलपरासीमा आठ करोड लागतमा नहर निर्माण गरियो

१० चैत्र २०७३, बिहीबार ०७:२३


चैत १०, नवलपरासी । नवलपरासीको देवचुली नगरपालिकामा निर्माण गरिएको टोक्रे नहरको निर्माण कार्य पूरा भएको छ । 

विश्व बैंकको करिब रु आठ करोड ६६ लाख कुल लागत तथा जनसहभागीतामा जिल्लामा ठूलो लगानीको नहर निर्माण कार्य पूरा भएको हो । 

जिल्लामै गण्डक नहरपछिको दोस्रो ठूलो टोक्रे नहरको निर्माण आयोजनाको कार्य पूरा भएको सिँचाइ विकास डिभिजन कार्यालय नवलपरासीका प्रमुख चूडाराज ढकालले बताउनुभयो । 

यस नहरबाट देवचुली नगरपालिकाका उत्तर भेगका रामबास, मुढाबास, तीनघरे, विशालटार, मुण्डे, आँपटारीका स्थानीयले सिँचाइको सुविधा पाउनेछन् । 

वर्षायाममा उक्त नहरमा अनेकौँ समस्या निम्तिने गरेकाले २०७१ सालदेखि पुनः उक्त नहरलाई व्यवस्थित बनाउन थालिएको थियो । नहर निर्माण सम्पन्न भएपछि यहाँको ६५० हेक्टर जमिन सिञ्चित हुने निर्माण समितिका अध्यक्ष बालनन्द अर्यालले बताउनुभयो । 

ठूलो लगानीको नहर निर्माण भएपछि हिउँदमा पनि सिँचाइको सुविधा हुने र कृषि उत्पादन वृद्धि हुने भन्दै स्थानीय हर्षित बनेका छन् । नहरअन्तर्गत देवचुली–६ मा कृषि पाठशाला सञ्चालन गरिएको छ । 

यसबाट यहाँका महिला कृषि उत्पादनमा पनि लागेका छन् । नहर नहुँदा यहाँका स्थानीयको खेतीयोग्य जमिन हिउँदमा बाँझै हुने गरेको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा रु ६७ लाखको क्षति सशस्त्रद्वारा दुर्घटनामा आधारित कृत्रिम उद्धार अभ्यास प्रस्तुत अमेरिकी व्यापार नीतिको असर, जर्मनीको वृद्धि दर घट्ने सङ्केत ट्रकमा कार ठोक्किँदा वृद्धको मृत्यु जिप दुर्घटनामा तीन जनाको मृत्यु, आठ घाइते हरेक कार्यक्रममा युवापुस्तालाई समेट्नुपर्नेमा सञ्चारमन्त्रीको जोड मन्त्रिपरिषद् विस्तार हुँदै, थपिए चार मन्त्री ‘अण्डा’को लागत मूल्य बढ्यो सुनचाँदीको मूल्य निरन्तर उकालोतिर नागढुङ्गा मलेखु सडकखण्ड : शुक्रबार र शनिबार आंशिक बन्द नहुने