२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

जनमोर्चाको मालारानी गाउँपालिकामा भेला तथा प्रशिक्षण

२०७३, १० चैत्र बिहीबार १२:५१

चैत १०, अर्घाखाँची । अक्टोबर क्रान्तिको शतबार्षिकी अभियानलाई लिएर गाउँ दौडाहामा निस्किएको राष्ट्रिय जनमोचालाई पनि चुनाबी माहोलले छोएको छ । 

आसन्न स्थानिय निर्बाचनलाई केन्द्रित गरेर राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले यतिबेला जिल्लाका बिभिन्न नगर र गाउँपालिकामा अगुवा कार्यकर्ता भेलालाई तिब्रता दिएको छ । जस अन्तरगत आज राष्ट्रिय जनमोर्चाले मालारानी गाउँपालिकाको भेला तथा प्रशिक्षण कार्यक्रम आज खनदहमा सम्पन्न गरेको छ । 

कार्यक्रममा प्रमुख अतिथिको रुपमा मन्तब्य राख्दै राष्ट्रिय जनमोर्चा राप्ती–लुम्बिनी क्षेत्रीय उपाध्यक्ष शेर बहादुर बि.सी.ले देशको राष्ट्रियता र इतिहाँसकै कमजोर स्थितिमा पुग्दा पनि सरकार मुकदर्शक जस्तै बन्नु दुःखद भएको बताउँदै राष्ट्रिय स्वाधीनताको रक्षाको निम्ती सबै पक्ष जिम्मेवार भएर संघर्ष गर्नुपर्ने बताउनुभयो । 

नेता बि.सी.ले देशको राष्ट्रिय राजनितिमा राष्ट्रिय जनमोर्चाले बोकेको नितिको आवश्यकता परेको भन्दै देश र जनताको हितको निम्ती आसन्न चुनाबमा राष्ट्रिय जनमोर्चालाई एक नयाँ शक्तिको रुपमा उभ्याउनुपर्ने बताउनुभयो ।यस्तै कार्यक्रममा अखिल नेपाल किसान संघका केन्द्रिय महासचिब कृष्ण के.सी.ले आफुलाई हात्ति पार्टी सम्झिनेहरुले देशलाई सिक्कीमीकरण बनाउन लागेकोले अबका दिनमा राष्ट्रवादी शक्तिहरु एक जुट भएर काम नगर्ने तर भ्रम सिर्जना गर्नेहरुलाई ठेगान लगाउनुपर्ने बताउनुभयो । 

नरेन्द्र बहादुर थापाको अध्यक्षता,बिर बहादुर कुंवरको स्वागत मन्तव्य र राम कृष्ण घिमिरेको संचालनमा सम्पन्न भएको भेलाले नरेन्द्र बहादुर थापाको अध्यक्षतामा ४५ सदस्यिय राष्ट्रिय जनमोर्चा मालारानी गाउँपालिका समन्वय समितिको गठन गरेको छ ।

कार्यक्रममा अखिल नेपाल किसान संघका जिल्ला सचिव भिमलाल आचार्य र राष्ट्रिय जनमोर्चाका नेता जगं बहादुर थापाले शुभकामना मन्तव्य राख्नुभएको पत्रकार गोपाल प्रसाद भट्टराईले जानकारी दिनुभएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी