2026-06-28 01:32 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

ओखलढुंगामा माले एमालेमा विलय,तरुणदलका कोषाध्यक्ष सहित दर्जनाै एमालेमा प्रवेश

चैत्र ११,ओखलढुंगा । चैत १० गते विहान सात बजेदेखि नै एमाले जिल्ला कार्यालयमा नेता कार्यकर्ताहरुको भीड थियो । नेताहरु व्यस्त थिए । चैत ९ गते जिल्ला कमिटीको बैठक र यसले गरेका निर्णयबारे चासो राख्नेहरु पनि थिए । स्थानीय तहको निर्वाचनको मिति नजिकिएपछि नेता कार्यकर्ता कार्यालयमा भीड देखिनु स्वभाविक थियो । 

तर यो भीड बैठकपछिको नियमित मात्र नभइ नेताहरुमा उत्साह र जोस थपिएको देखिन्थ्यो । यसका दुई ओटा कारण थिए । पहिलो स्थानीय तह अनुसार पार्टी संगठनको पुनः संरचना र जिम्मेवारी तोकिएको थियो भने अर्को चाँही एमालेमा प्रवेश गर्ने जमातबाट नेताहरु उत्साहित थिए  । चैत ९ गते मात्रै नेकपा मालेको जिल्ला कमिटी एमालेमा एकिकरण हुादै समाहित भएको थियो । अञ्चल व्यूरोका सदस्य संञ्जय खत्रीसहित ९ जना जिल्ला नेताहरु एमालेमा समाहित भएका थिए । उनीहरुलाई उचित जिम्मेवारी दिइने एमाले अध्यक्ष मोहन श्रेष्ठले बताए ।

 

कति कार्यकर्ता प्रवेश गरे ?

खत्री जिल्ला कमिटीमा मनोनयन भइसकेका छन् । अघिल्लो दिनको उत्साहपूर्ण बैठकले आज अर्थात् १० गते बेलुका सम्म नै निरन्तरता पायो  । माले ९ गते  ९ जना नेताहरुसहित एमालेमा एकिकरण भयो । १० गते विहान ९ बजे काँग्रेका युवाहरु पुष्पलाल स्मृति भवनमा देखिए । उनीहरुलाई देख्दा धेरै एमालेजन अचम्ममा परेका थिए । तर उनीहरुलाई अघिल्लै दिनदेखि एमालेमा प्रवेश गराउन एमाले जिल्ला नेतृत्व क्रियाशील थियो ।  जिल्ला पार्टी कार्यालयमा विशेष कार्यक्रम गरेर एमाले केन्द्रिय सदस्य, जिल्ला ईञ्र्चाज तथा सांसद यज्ञराज सुनुवारले सदरमुकामका दर्जन युवाहरुलाई एमालेमा प्रवेश गराए ।


काँग्रेसको महत्वपूर्ण संगठन तरुण दलका कोषाध्यक्ष जिन्दल श्रेष्ठ सहितका दर्जन युवाहरु एमालेमा प्रवेश गरेका थिए । उनीहरुलाई युवा संघमा उपयुक्त जिम्मेवारी दिइने युवा संघका जिल्ला इञ्र्चाज रोशन शाक्यले बताए । सदरमुकाममा युवाहरु एमालेमा प्रवेश गरेपछि काँग्रेसमा भने खैलाबैला भएको छ । 


प्रवेशको कार्यक्रम दिनभरी नै चल्यो । साँझ चार बजे पोकलीका काँग्रेस नेता मानबहादुर तामाङको प्रवेश सम्म आइ पुग्दा एमालेमा एकिकरण र प्रवेशले  दुई दिनमा १०१ जना नेता कार्यकर्ताहरु एमालेमा प्रवेश गरेको  गरेको एमालेका प्रचार विभागका प्रमुख तीर्थ सुवेदीले बताए । १९ वर्षपछि हुन लागेको स्थानीइ तहको निर्वाचनका लागि गाउँ तथा नगर पालिकाको संंगठन निर्माणसँगै परिचालनका लागि कमाण्डर तोकेको छ । 

नवप्रवेशीप्रति कस्तो छ आम धारणा ?

पछिल्लो समय पार्टी प्रवेश एक फेसन जस्तो बनेको छ । जुनै पार्टी भए पनि प्रवेश गर्ने छवि जनमानसमा भने सकारात्मक छैन र विश्वास कम गर्ने चलन छ । ओखलढुंगामा प्रवेशको ‘राजनीतिक विजनेश’ पनि राम्रै चल्ने गर्छ । एसएमएस र घरैमै गएर खादा लगाइ प्रवेशको हल्ला गर्नेहरुबाट आम नागरिक भने आजित छन् । तर एमालेको प्रवेश कार्यक्रम भने तथ्य, जिम्मेवारी र आवश्यकतामा आधारित रहेको एमालेका केन्द्रिय सदस्य यज्ञराज सुनुवारले बताए । एकिकरण जिल्लाको आवश्यकता र सदरमुकामका युवाहरुको प्रवेश एमाले बुझेर भएकाले अरुले गर्ने प्रचारजस्तो नभएको उनको बुझाइ छ । प्रवेश गरेकाहरुलाई जिम्मेवारी प्रशिक्षण सँगसँगै दिइने भएकाले वैचारिक कार्यकर्ता निर्माण हुने एमालेले जनाएको छ । सामाजिक संजालमा भने प्रवेशका समाचारप्रति कडा टिप्पणी हुने गर्छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी