कुमार चौलागाई/चैत १३, प्यूठान । स्वर्गद्वारी तपोभूमि क्षेत्रको सांस्कृतिक सम्पदाको जगेर्ना र भौतिक संरचनाको विकास गर्न होटल व्यवसायी सङ्घ प्युठानले सात बुँद"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कुमार चौलागाई/चैत १३, प्यूठान । स्वर्गद्वारी तपोभूमि क्षेत्रको सांस्कृतिक सम्पदाको जगेर्ना र भौतिक संरचनाको विकास गर्न होटल व्यवसायी सङ्घ प्युठानले सात बुँद"/>

2026-09-19 06:10 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्वर्गद्वारीलाई उजिल्याउन सात बुँदे घोषणापत्र जारी गरियो


कुमार चौलागाई/चैत १३, प्यूठान । स्वर्गद्वारी तपोभूमि क्षेत्रको सांस्कृतिक सम्पदाको जगेर्ना र भौतिक संरचनाको विकास गर्न होटल व्यवसायी सङ्घ प्युठानले सात बुँदे घोषणापत्र जारी गरेको छ । 

नेपाल पर्यटन बोर्डको सहयोग र होटल व्यवसायी महासङ्घको समन्वयमा सङ्घको प्युठान शाखाद्वारा शनिबार स्वर्गद्धारीमा आयोजना गरिएको पर्यटन प्रवद्र्धनसम्बन्धी एकदिने अन्तक्र्रिया तथा प्रचारप्रचार कार्यक्रममा स्वर्गद्वारी क्षेत्र विकासका लागि तत्कालीन र दीर्घकालीन रुपमा गर्नुपर्ने कार्यसहित व्यवसायीद्वारा यस्तो घोषणापत्र जारी गरिएको हो । 

स्वर्गद्वारी क्षेत्रमा भक्तजन तथा श्रद्धालुका लागि आवास, यातायात तथा पूजा प्रसादको उपलब्धतालगायतका समस्या रहेको उल्लेख गर्दै व्यवसायीले सुविधा सम्पन्न होटल तथा लज बनाएर स्वदेशी/विदेशी पर्यटकलाई सुविधा दिन आफूहरु तयार रहेको जनाएका थिए । 

कार्यक्रममा होटल व्यवसायी सङ्घका केन्द्रीय अध्यक्ष अमृत भुजेलले स्वर्गद्वारी क्षेत्रमा संरचना निर्माणको अनुमति दिइए सांस्कृतिक तथा धार्मिक मूल्य मान्यताअनुरुप व्यवसाय सञ्चालन गरेर पर्यटन विकासमा योगदान दिने विश्वास दिलाउनुभयो । 

पर्यटन व्यवसायलाई केवल व्यापारिक दृष्टिले मात्र नहेरी सामाजिक तथा धार्मिक सेवाका लागि पनि आफूहरुले उपयोग गर्न चाहेको उहाँको भनाइ थियो । 

स्वर्गद्वारीस्थित बाल तपस्वी वेद विद्यालय गुरुकुलम्का अध्यापक शालिकराम रिजालले आश्रम तथा तपोभूमि क्षेत्रको ऐतिहासिक, आध्यात्मिक तथा सांस्कृतिक महत्वमाथि प्रकाश पार्दैै आर्थिक अभावले गाईपालनमा समस्या भएको बताउनुभयो । 

सङ्घका निवर्तमान अध्यक्ष दधिराम भण्डारीले आफूहरुले यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा सघाउँदै आएको र यसकै लागि सरकारी निकायसँग सहकार्य गर्न तयार रहेको बताउनुभयो । 

कार्यक्रममा सङ्घका वरिष्ठ उपाध्यक्ष गञ्जबहादुर थापाले आफूहरु स्वर्गद्वारी विकास समिति र सरकारका कार्यक्रममा सहयोग गर्न तयार रहेको बताउनुभयो । यसैगरी, नेकपा एमाले क्षेत्र नं १ का संयोजक नेत्रबहादुर रोकायले स्वर्गद्वारीको जग्गामा गरिएको अतिक्रमण हटाउन सरकारसँग माग गर्नुभयो । 

सङ्घका प्युठान शाखाका अध्यक्ष चन्द्रलाल न्यौपानेले समग्र स्वर्गद्वारी क्षेत्रको विकासका लागि राज्य तथा निजी क्षेत्रबाट लिइनुपर्ने पहलका सम्बन्धमा अवधारणा पत्र प्रस्तुत गर्दै उपयुक्त व्यावसायिक वातावरण मिलेमा आफूहरु स्वर्गद्वारी क्षेत्रको विकास गर्न जस्तोसुकै योगदान दिन पनि तयार रहेको स्पष्ट पार्नुभयो । 

कार्यक्रममा स्वर्गद्वारी क्षेत्र विकासका लागि तत्कालीन र दीर्घकालीन रुपमा गर्नुपर्ने कार्यसहित सात बुँदे प्युठान घोषणापत्र जारी गरिएको थियो । 

घोषणापत्रमा स्वर्गद्वारी पर्यटन विकास समिति गठन गरी स्वर्गद्वारी विकास गुरुयोजना कार्यान्वयन गर्नुपर्ने, व्यवस्थित र आधुनिक धर्मशाला निर्माण गर्नुपर्ने, भिडरी–स्वर्गद्वारी सडकखण्डको स्तरोन्नति गर्नुपर्ने, स्वर्गद्वारीको नाममा रहेका देशका विभिन्न ठाउँका जग्गाको उचित व्यवस्थापन गर्नुपर्ने, स्वर्गद्वारीमा रहेको गौशालाको वैज्ञानिक व्यवस्थापन गरी गौ आरक्षण केन्द्रको रुपमा विकास गर्नुपर्नेलगायतका योजना समेटिएका छन् । 

कार्यक्रममा उपस्थित बुद्धिजीवी, विभिन्न दलका प्रतिनिधि, पत्रकारले स्वर्गद्वारीका लगि एकीकृत पहलको आवश्यकतालाई औँल्याउँदै विगतमा बनेको गुरुयोजनाको प्रभावकारी कार्यान्वयनमा जोड दिएका थिए । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई