चैत १५, काठमाडौँ । दुईपटक स्थगित भएको काठमाडौँको प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर)मा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

चैत १५, काठमाडौँ । दुईपटक स्थगित भएको काठमाडौँको प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर)मा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन"/>

2026-07-25 09:19 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्ववियु निर्बाचन: आरआर क्याम्पसमा पेट्रोल बम प्रहार


चैत १५, काठमाडौँ । दुईपटक स्थगित भएको काठमाडौँको प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर)मा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन हुँदैछ । 

सर्वोच्च अदालतले निर्वाचन गर्न काठमाडौँका प्रजिअ र क्याम्पस प्रशासनका नाममा चैत २ गते अन्तरिम आदेश जारी गरेपछि आरआरमा निर्वाचन हुन लागेको क्याम्पस प्रमुख डा निर्मलाकुमारी सुवालले जानकारी दिनुभयो । 

आठ वर्षपछि यहाँ स्ववियु निर्वाचन हुन थालेको हो । आज बिहान ८ देखि साँझ ५ बजेसम्म निर्वाचनको समय तोकिएको छ । अहिले मतदान जारी छ । निर्वाचनमा करिब तीन हजार ५०० मतदाता सहभागी हुँदैछन् । फागुन १८ र २३ गते विद्यार्थी सङ्गठनबीच विवाद हुँदा त्यहाँ निर्वाचन स्थगित भएको थियो । 

निर्वाचनमा अनेरास्ववियु र नेपाल विद्यार्थी सङ्घले सहभागिता जनाएका छन् भने अनेरास्ववियु क्रान्तिकारीले बहिष्कार गरेका छन् । निर्वाचनमा अनेरास्ववियुबाट तपेन्द्रबहादुर शाही र नेपाल विद्यार्थी सङ्घबाट उत्तमबहादुर साउदको प्यानलबीच प्रतिस्पर्धा भइरहेको छ । 

क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपानेले क्याम्पस प्रशासनले स्थानीय तह निर्वाचन आचारसंहिता विपरीत निर्वाचन गर्न थालेकाले निर्वाचन प्रक्रियामा सहभागिता नजनाएको जानकारी गराउनुभयो । 

पेट्रोल बम प्रहार 

यसैबीच रत्नराज्य लक्ष्मी क्याम्पस भइरहेको स्वतन्त्र विधार्थी युनियनको निर्वाचनलाई अवरोध पु¥याउने उद्देश्यले केहि विद्यार्थीको एक समूहले त्यहाँ पेट्रोल बम प्रहार गरेको छ । 

प्रहरीका अनुसार निर्वाचनबाट असन्तुष्ट रहेका विद्यार्थीको समूहले दुईवटा सिसीमा पेट्रोल राखेर पड्काएका हुन् । सो आक्रमण कसले गरेको भन्नेबारेमा अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसरका प्रमुख छविलाल जोशीले जानकारी दिनुभयो । आक्रमणबाट कसैलाई पनि केही क्षति नभएको बताइएको छ । 

अहिले आरआर क्याम्पस र वरिपरिका क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएकोे परिसरका प्रमुख जोशीले जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ