टेक शाही/चैत १५, डोल्पा । डोल्पाको सदरमुकाम दुनैको बजारमा १ सय ८० मिटर आरसिसि ढलान गर्न लागिएको छ । 

दुनै बजारको लक्ष्मीशरण चोक देखि सामुदायिक रे"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

टेक शाही/चैत १५, डोल्पा । डोल्पाको सदरमुकाम दुनैको बजारमा १ सय ८० मिटर आरसिसि ढलान गर्न लागिएको छ । 

दुनै बजारको लक्ष्मीशरण चोक देखि सामुदायिक रे"/>

२०८२, ३ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

डोल्पा सदरमुकाम दुनैमा १ सय ८० मिटर आरसिसि ढलान गरिँदै

२०७३, १५ चैत्र मंगलवार १०:४१


टेक शाही/चैत १५, डोल्पा । डोल्पाको सदरमुकाम दुनैको बजारमा १ सय ८० मिटर आरसिसि ढलान गर्न लागिएको छ । 

दुनै बजारको लक्ष्मीशरण चोक देखि सामुदायिक रेडियो डोल्पा एफ एमको कार्यालय अगाडि सम्मको बजार भित्रको सडक ढलान गर्न सूरु गरिएको नगर बिकास समितिका अध्यक्ष प्रेम बहादुर शाहीले बताउनु भयो ।

भवन डिभिजन कार्यालय जुम्लाको ४५ लाख बराबारको आर्थिक लागानिमा दुनै बजारको आन्तरिक सडक आरसिसि ढलान गरिएको हो । दुनै नगर बिकास समितिको अक्ष्यक्ष प्रेम बहादुर शाहीको अध्यक्षतामा आरसिसि ढलान निर्माण उपभोक्ता समिति गठन गरिएको छ । उक्त समितिले बजार भित्रको सडक आजैबाट ढलान सूरु गरेको उपभोक्ता समितिका सदस्य धनिराम बुढाले बताउनु भयो । 

दुनै बजारको आन्तरिक सडक आरसिसि ढलानको लागि २० इन्च सोइलिगँ र १२ इन्च ढलान गरि ३२ इन्चको आरसिसि ढलान गरिदै छ । ढलानको लागि १० दिन भन्दा धेरै समय लाग्ने भएकोले दैनिक रुपमा बजारमा आवतजावत गर्ने बटुवाका लागि भने समस्या हुने भएको छ । बजारमा बसोबास गर्ने र अन्य मानिसका लागि हिड्न समस्या हुने भएकोले दिन रात लागएर ढलान गरि सक्ने प्रयासमा लागेको सदस्य धनिराम बुढाले बताउनु भयो । 

राष्ट्रिय सडक सञ्जालले नंछोएको डोल्पा जिल्लामा सदरमुकाम दुनैको बजार भित्र पर्ने साढे तिन मिटर सडक आरसिसि ढलान गर्न लागिएको छ । अघिल्लो बर्ष कालिका मन्दीर नजिकैबाट ५० मिटर ढलान गरिएको थियो भने यस बर्ष १ सय ८० मिटर ढलान गरिने र आगामि बर्ष भित्रमा दुनै बजारको सबै सड्क आरसिसि ढलान गरि सक्ने लक्ष्य भवन डिभिजन कार्यालय जुम्लाले लिएको अध्यक्ष प्रेम बहादुर शाहीले जानकारि दिनु भयो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ