२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आगलागीबाट वृद्धाको मृत्यु

२०७३, १६ चैत्र बुधबार १२:५७

चैत १६, कलैया । आगो लागेर बारा जिल्ला पिप्रावी गाविस –१ की ९० वर्षीया राजपतिदेवी सहनीको मृत्यु भएको छ । 

आफ्नै घर अगाडि आगो बालेर तापिरहेको अवस्थामा अचानक साडीमा आगो सल्केर गम्भीर घाइते भएकी सहनीको उपचारका क्रममा गए राति वीरगन्ज मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । 

यसैगरी, बारा जिल्ला सिहर्वा गाविस–९ नैतन बस्ने मुहम्मद आलमको गोठ घरमा गए राति आगलागी हुँदा करिब रु १० लाख मूल्य बराबरको धनमाल क्षति भएको छ । 

गाईवस्तुलाई लामखुट्टेबाट बचाउन गोठमा बालेको आगो सल्कँदा दुई वटा भैँसी, एक पाडा, एक गाई, एक बाछी र चार वटा बङ्गुर जलेर मरेको थाहा भएको छ । 

कलैयाबाट आएको बारुणयन्त्र र स्थानीयवासीको सहयोगमा आगोलाई नियन्त्रणमा लिइएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा