२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु

१८ चैत्र २०७३, शुक्रबार ०८:३९

चैत १८, लहान । सिरहाको चोहर्वा–सिरहा सडकखण्डअन्तर्गत गएराति मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । 

उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको स ७ प ७०२३ नंको मोटरसाइकलको ठक्करबाट स्थानीय ७० वर्षीय देबुआ सदाको मृत्यु भएको हो । सडक पार गर्ने क्रममा मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका सदालाई उपचारका लागि विराटनगर लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । 

जङ्गली हात्तीले चार घर भत्काए 

यसैबीच, जङ्गली हात्तीले गएराती सिरहाको लहान नगरपालिका–१५ स्थित चार घरमा क्षति पु¥याएका छन् । जङ्गलबाट आएको जङ्गली हात्तीको समूहले स्थानीय मोहन यादब, बमभोला यादव, शिव यादव र श्याम यादवको फुसको घरमा क्षति पु¥याएको प्रहरीले जनाएको छ । 

हात्तीको समूहले घर पूर्णरुपमा भत्काउनुका साथै घरभित्र भएको अन्नपातसमेत क्षति पु¥याउँदा करिब रु तीनलाख मूल्यबराबरको क्षति भएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन