चैत १९, गोरखा । कुन गाउँ हुँदै सडक खन्ने भन्ने विवादले विगत एक महिनादेखि रोकिएको बारपाक–लाप्राक– गुम्दा–माछाखोला–तिब्बत सडक अन्तर्गत गुम्दा हुँदै माछाखोला खण्डमा नया"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चैत १९, गोरखा । कुन गाउँ हुँदै सडक खन्ने भन्ने विवादले विगत एक महिनादेखि रोकिएको बारपाक–लाप्राक– गुम्दा–माछाखोला–तिब्बत सडक अन्तर्गत गुम्दा हुँदै माछाखोला खण्डमा नया"/>
2026-09-08 02:54 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

गुम्दा-माछाखोला–तिब्बत सडकको विवाद मिल्यो

चैत १९, गोरखा । कुन गाउँ हुँदै सडक खन्ने भन्ने विवादले विगत एक महिनादेखि रोकिएको बारपाक–लाप्राक– गुम्दा–माछाखोला–तिब्बत सडक अन्तर्गत गुम्दा हुँदै माछाखोला खण्डमा नयाँ ट्र्याक खन्ने काम छिट्टै सुरु हुने भएको छ । 

धार्चे गाउँपालिका– ५ स्थित यमगाउँ र लप्सीबोटमध्ये कुन गाउँबाट सडक निर्माण गर्ने भन्ने विवाद हुँदा सडक निर्माण अघि बढेको थिएन । जुन गाउँबाट सडक खनेपनि लप्सीबोटवासीकै खेतीयोग्य जमिन कटान हुने भएपछि सडकको ट्र्याक परिवर्तन गरी लप्सीबोट गाउँ हुँदै खन्न लप्सीबोटवासीले आग्रह गरेका थिए । 

प्राविधिक अध्ययनले लप्सीबोट तर्फबाट सडक खन्दा पहिरोको जोखिम र धेरै घुम्तीपर्ने देखिएपछि यम गाउँमुनि हुँदै सडक खन्ने प्रक्रिया अघि बढेको थियो । चण्डिकाङ डाँडाबाट दुई किलोमिटर नयाँ ट्र्याक खनेपछि पहिरोको जोखिममा यमगाउँ पर्ने भन्दै यम गाउँवासीले सडक खन्न रोक लगाएका थिए । 

गोरखा–बारपाक–लाप्राक–गुम्दा हुँदै माछाखोला झर्ने र बेनिघाट– आरुघाट– सोती–लापुगाउँ हुँदै माछाखोला पुग्ने रिङरोड सडक निर्माणलाई तीव्रता दिने योजनासाथ बर्सेनि बजेट परेपनि यो वा त्यो बाहनामा गुम्दा–माछाखोला सडकमा नयाँ ट्र्याक खन्न सकिएको छैन । 

सोतीदेखि माछाखोला जोड्ने नयाँ ट्र्याक खन्ने काम भने नेपाली सेनाले अघि बढाएको छ । सांसद छमबहादुर गुरुङ, प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत, प्रहरी उपरीक्षक जनकराज पाण्डे, प्रहरी नायब उपरीक्षकद्वय राजेन्द्र श्रेष्ठ, जीतबहादुर घले, जिल्लास्थित एघार किलो सडक आयोजना कार्यालयका प्राविधिक, निर्माण व्यवसायी, यमगाउँ र लप्सीबोटवासीका स्थानीयवासीबीच शुक्रबार लप्सीबोटमा आयोजित छलफलमा पहिरोको जोखिम नरहने गरी यमगाउँबाटै सडक निर्माण गर्ने सहमति जुटेको हो । 

प्रजिअ बस्नेतले भन्नुभयो, ‘यमगाउँमुनि सडक खन्दा पहिरोको थप जोखिममा गाउँ पर्ने यमगाउँबासीलाई डर रहेछ । अहिले खनिएको सडकको अन्तिम बिन्दुबाट १५० मिटर नयाँ ट्रयाक खनेर घुम्ती बनाउँदै लप्सीबोटमुनिको फाँटमा सडक निकाल्ने गरी सहमति बन्यो ।’ यमगाउँमुनि सडक खन्न पहिरो झरेमा रोकथामका लागि सहयोग गर्ने प्रजिअको भनाइ छ । 

गुम्दा–माछाखोला सडक निर्माण गर्दा लप्सीबोटका सोमबहादुर गुरुङको पाँच ठाउँमा बारी परेपछि केही बिबाद भएको थियो । जंगलतर्फ सडकको ट्रयाक नखनी लालपूर्जा भएको जग्गामा मात्रै खनिएको भन्दै गुरुङले सडक खन्न रोक्ने चेतावनी दिएका थिए । 

स्थानीयबीच बिबाद हुँदा सडक बनाउन गएको डोजर तीन पटकसम्म फर्काउनुपरेको थियो । जिल्लास्थित एघारकिलो सडक आयोजनाका प्राबिधिक बालकृष्ण गौतमका अनुसार यमगाउँ तर्फबाट सडकको ट्रयाक खन्ने काम सुरु हुँदैछ । उहाँले भन्नुभयो, ‘लप्सीबोटबासीले आफ्नो गाउँबाट सडक खन्नुपर्ने माग गरेपनि कमजोर भुबनावटले गर्दा लप्सीबोटबाट सडक खन्न सकेनौं । यमगाउँ तल हुँदै कुवा जोगाएर सडक ट्रयाक खुलाउने सहमति बनेको छ ।’ 

गुम्दाबाट माछाखोलासम्म करिब १३ किलोमिटर नयाँ ट्रयाक खन्नुपर्ने छ । यो सडकखण्ड खुलाउन रु. ९४ लाख बजेट परेको थियो । ट्रयाक खुलाउने जिम्मा थेगिम कन्स्ट्रक्सनले पाएको छ । अब करिब चार किमी ट्रयाक खुलाउन पुग्ने बजेट बाँकी रहेको जिल्लास्थित सडक कार्यालयले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता