२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नवलपरासी नेउवा संघका अद्ध्यक्ष भरत थापा महासंघमा निर्विरोध

२१ चैत्र २०७३, सोमबार १५:३६

चैत २१, परासी | नेपाल उद्योग वाण्ज्यि महासंघको ५१ साधारण सभा नयाँ नेतृत्व चयनका लागि भैरहेको निर्वाचनमा नवलपरासी उद्योग वाण्ज्यि संघका अध्यक्ष भिम बहादुर थापाक्षेत्री केन्द्रिय सदस्य पदमा निर्विरोध निर्वाचत हुनु भएको छ । प्रदेश नं. ५ बाट महासंघको केन्द्रिय सदस्य पदका लागि उम्मेदवारी दिएका अध्यक्ष थापा निर्विरोध निर्वाचित भएका हुन् ।

उद्योग वाणिज्य महासंघको बरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिएका शेखर गोल्छाको प्यानलबाट सदस्य पदमा उम्मेदवारी दिएका अध्यक्ष थापाको विरोधमा कसैले उम्मेदवारी नदिएपछि उनी निर्विरोध भएका हुन् । थापालाई निर्वाचन मण्डलले अझै अधिकारी घोष्णा बाकी नै छ । महासंघमा शेखर गोल्छा र किसोर प्रधानको छुट्टाछुट्टै प्यानल चुनावी मैदानमा उत्रेको छ ।


को हुन भरत थापा ? 

भरत थापा २०६५ सालदेखि उद्योग वाण्ज्यि संघको कार्यकारिणी सदस्य पदमा निर्वाचित भई संघमा क्रियाशिल भई काम गर्दै आएका थिए । २०६८ सालको निर्वाचनमा थापा संघको वाणिज्य तर्फको उपाध्यक्ष पदमा निर्वाचित हुदै २०७१ सालको निर्वाचनमा थापा अत्याधिक मतले संघको अध्यक्ष पदमा निर्वाचित भई उद्योगी व्यवासायीको हकहितमा काम गर्दे आएका थिए । अध्यक्ष थापा संघको सदस्यमा बस्दै हाल महासंघको केन्द्रिय सदस्य पदमा समेत निर्विरोध निर्वचित भई सफल भएको चर्चा परि चर्चा छ ।  

अध्यक्ष थापा आफनो कम उमेरदेखि नै व्यवसाय क्षेत्रमा प्रवेस गरेका थिए । थोरै समयमा उनी विभिन्न व्यवसाय गर्दै राम्रो अनुभवका साथै एउटा राम्रो सफल व्यवसायीको रुपमा पनि परिचित भए  ।  अध्यक्ष थापाले २०५२ सालदेखि दाउन्नेदेवी ट्रान्सपोर्ट र्फमबाट आफनो व्यवसाय संचालने अहिलेसम्म निरन्तरता दिदै आएका छन् व्यवासाय कै क्रममा थापा टंन्सपोर्टेशनका काम पनि गरे, उनी तिरुपति निर्माण सेवा फर्म संचालन गरि कन्सर्टक्सनको काम पनि गर्छन साथै उनको पिके र तिरुपति आयल सप्लायर्स पनि छ जसले जिल्लामा पेट्रलियम पदार्थको आपुर्ति गर्दै आएको छ । रसुवा बजारी मल्टीप्रपोज कम्पनी प्रालि पनि उनले संचालन गर्दै आएका छन उनको पाल्पामा कञ्चनपैरिज प्रालि चुनढुंगा खानी पनि छ जसबाट जिल्लाको सर्वाेत्तम र बुटबल सिमेन्ट लगायतका उद्योगहरुमा चुनढुंगाको सप्लाई गर्ने गरेका छन् भरत थापा आफनो व्यवसायमा ईमान्दर र क्रियाशिल भएर लागेकै कारण उनी जिल्लाको सफल उद्योगी तथा व्यवासयीमा पर्दछन् ।

थापा नेपाली कांग्रेसको राजनितिमा पनि सक्रिय छन् । उनी अहिले नेपाली कांग्रेसको महासमिति सदस्य पनि हुन् । राजनिति क्षेत्रमा पनि उत्तिकै क्रियाशिल रही पार्टी तथा जनतालाई सहयोग गर्दै आएका छन् । युवा व्यवासयी, समाजसेवी र युवा नेता थापा आफनो सरल र मिलनसार व्यवहारका कारण उनी जिल्लामा लोकप्रिय पनि बन्दै गएका छन् । आगामी बैशाख ३१ गतेको हुन लागेको स्थानिय चुनावमा भरत थापा सुनवल नगरपालिकाको मेयर पदका उम्मेदवारको चर्चामा पनि छन् । परिवर्तनका लागि युवाको आवश्यकता समाजले महसुस गरिरहेको बेला  उनी सुनवल नगरपालिकामा बलियो उम्मेदवारको रुपमा पनि चिनिने गरिएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा रु ६७ लाखको क्षति सशस्त्रद्वारा दुर्घटनामा आधारित कृत्रिम उद्धार अभ्यास प्रस्तुत अमेरिकी व्यापार नीतिको असर, जर्मनीको वृद्धि दर घट्ने सङ्केत ट्रकमा कार ठोक्किँदा वृद्धको मृत्यु जिप दुर्घटनामा तीन जनाको मृत्यु, आठ घाइते हरेक कार्यक्रममा युवापुस्तालाई समेट्नुपर्नेमा सञ्चारमन्त्रीको जोड मन्त्रिपरिषद् विस्तार हुँदै, थपिए चार मन्त्री ‘अण्डा’को लागत मूल्य बढ्यो सुनचाँदीको मूल्य निरन्तर उकालोतिर नागढुङ्गा मलेखु सडकखण्ड : शुक्रबार र शनिबार आंशिक बन्द नहुने