२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

भूकम्पबाट कम प्रभावित १७ जिल्लाका लाभग्राहीसँगको अनुदान सम्झौता शुभारम्भ

२२ चैत्र २०७३, मंगलवार ०४:३८

चैत २२, पोखरा | राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले दुई वर्षअघि गएको भूकम्पबाट कम प्रभावित १७ जिल्लाका लाभग्राहीसँगको अनुदान सम्झौता सोमबार कास्कीको अन्नपूर्ण गाउँपालिकास्थित लुम्लेबाट शुभारम्भ गरेको छ । 

प्राधिकरणका कार्यकारी प्रमुख प्रा डा गोविन्द पोखरेलले सोमबार एक कार्यक्रमका बीच सो ठाउँका लाभग्राही वरे विकलाई चेक र सम्झौतापत्र हस्तान्तरण गरी कार्यक्रमको शुभारम्भ गर्नुभएको हो । 

लुम्लेका ५० जना लाभग्राहीले रु ५० हजारको पहिलो किस्ता प्राप्त गरेका छन् भने बाँकी १११ जना लाभग्राही पनि पहिलो किस्ता पाउने प्रक्रियामा छन् । त्यस्तै पहिलो किस्ता पाउनेमा घान्द्रुकका ६५ र नामार्जुङका २४ जना परेका छन् भने अन्य ठाउँका लाभग्राही प्रक्रियामा भएको बताइएको छ । 

भूकम्पबाट कम प्रभावित कास्कीलगायत खोटाङ, लमजुङ, म्याग्दी, नवलपरासी, पाल्पा, पर्वत, सङ्खुवासभा, स्याङ्जा, चितवन, सोलुखुम्बु, अर्घाखाँची, बागलुङ, भोजपुर, धनकुटा, गुल्मी र तनहुँका १५ हजार ७४३ लाभग्राहीलाई पहिलो किस्ताको रु ५० हजार वितरण गर्न स्वीकृत भइसकेको भूकम्पकीय आवास पुनःनिर्माण आयोजनाका उपनिर्देशक नारायण श्रेष्ठले जानकारी दिनुभयो । 

भूकम्पबाट अति प्रभावित १४ जिल्लाका अधिकांश लाभग्राहीले अनुदान सम्झौता गरी अनुदानको पहिलो किस्ता लिइसकेका छन् भने दोस्रो र तेस्रो किस्ता लिने प्रक्रियामा रहेका छन् । 

लाभग्राहीले पहिलो किस्ता लिएपछि भूकम्प प्रतिरोधी घरको जग बनाउने र प्राविधिकको सिफारिसपछि दोस्रो किस्ताबापतको रु एक लाख ५० हजार र तेस्रो किस्ताबापतको रु एक लाख पाउने छन् । 

लाभग्राहीलाई पहिलो किस्ता वितरणपछि बोल्दै राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका कार्यकारी प्रमुख प्रा डा पोखरेलले ढिलै भए पनि भूकम्पबाट कम प्रभावित १७ जिल्लाका लाभग्राहीलाई पहिलो किस्ता वितरण गर्न सुरु गरिएको बताउँदै यो सुविधा पाउने झन्डै एक लाख १५ हजार रहेको जानकारी गराउनुभयो । 

उहाँले कमसल खालका घर बनाउँदा भूकम्पबाट ठूलो धनजनको क्षति तथा घरवारविहीन हुनपर्ने स्थिति आएको स्मरण गराउँदै सुविधा पाएका लाभग्राहीले भूकम्प प्रतिरोधी घर बनाउन आग्रह गर्नुभयो । 

अन्नपूर्ण गाउँपालिकाका कार्यकारी अधिकृत खेमराज देवकोटाको अध्यक्षतामा भएको सो कार्यक्रममा नेकपा (एमाले)का केन्द्रीय सदस्य एवम् सांसद सीता गिरी ओली, प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनाली, स्थानीय विकास अधिकारी बलराम ढकाल, आयोजनाका उपनिर्देशक नारायण श्रेष्ठ र अन्नपूर्ण गाउँपालिकाका नासु तोयनाथ तिमिल्सिनालगायतका वक्ताले मन्तव्य व्यक्त गर्नुभएको थियो । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो