Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

राप्ती साहित्य परिषद्को अध्यक्षमा उपाध्याय निर्वाचित

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

चैत २२, रोल्पा । राप्ती साहित्य परिषद् जिल्ला शाखा रोल्पाको अध्यक्षमा साहित्यकार एवम् राससकर्मी कविता उपाध्याय निर्विरोध निर्वाचित हुनुभएको छ ।

परिषद्को सोमबार सम्पन्न तेस्रो जिल्ला अधिवेशनले उपाध्यायको अध्यक्षतामा सात सदस्यीय नयाँ कार्य समिति निर्विरोध रुपमा निर्वाचित गरेको हो । जसको उपाध्यक्षमा चन्द्रज्योति सुवेदी, सचिवमा चाहना शर्मा, कोषाध्यक्षमा रवीन्द्र सुनार, सहसचिवमा खबपु चञ्चल मगर तथा सदस्यमा लक्ष्मी मगर र तिलक जिएम रहनुभएको छ ।

नवनिर्वाचित अध्यक्ष उपाध्याय करिब दुई दशकदेखि विभिन्न साहित्यिक गतिविधिमा संलग्न रहँदै आउनुभएको छ । उहाँका पञ्चामृत संयुक्त गजल सङ्ग्रह २०६३, त्रिवेणी संयुक्त गजल सङ्ग्रह २०६७ र संयुक्त आधुनिक गीति एल्बम सभ्यता यसअघि नै बजारमा आइसकेका छन् भने विभिन्न पत्रपत्रिकामा उहाँका विभिन्न लेख, रचना प्रकाशित हँुदै आएका छन् । रासस