चैत २२, चितवन । सडक विस्तारको काम भइरहेका नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भित्तो काटिएका ठाउँमा सचेतता अपनाउनुपर्ने देखिएको छ । 

साँघुरा सडक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

चैत २२, चितवन । सडक विस्तारको काम भइरहेका नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भित्तो काटिएका ठाउँमा सचेतता अपनाउनुपर्ने देखिएको छ । 

साँघुरा सडक"/>

२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नारायणगढ–मुग्लिन सडक: भित्तो काटिएका ठाउँमा सावधानी अपनाउनुपर्ने

२२ चैत्र २०७३, मंगलवार ०७:५९


चैत २२, चितवन । सडक विस्तारको काम भइरहेका नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भित्तो काटिएका ठाउँमा सचेतता अपनाउनुपर्ने देखिएको छ । 

साँघुरा सडक भएका ठाउँमा विस्तारका लागि अग्ला डाँडाको भित्तो काटेर सडक विस्तार गरिँदैछ । नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार नारायणगढबाट मुग्लिनतर्फ १६ किमी दूरीमा दुई सय मिटर, २२ किमी घुमाउनेमा दुई सय मिटर र कालीखोलादेखि मुग्लिनसम्मको तीन दशमलव पाँच किमी सडकको भित्तो काटेर फराकिलो बनाइँदैछ । ती ठाउँमा बढीमा ६० मिटरसम्म अग्लो ठाउँबाट भित्तो काटेर सडक फराकिलो बनाइँदैछ । 

कालीखोलाबाट मुग्लिनसम्मको सडक हाल ५ दशमलव पाँच मिटरमात्रै फराकिलो छ । उक्त ठाउँमा नौ मिटर चौडा बनाउनुपर्ने हुन्छ । जसका लागि करिब ४८ मिटर अग्लो पहाडबाट भित्तो काट्दै तल झर्नुपर्ने खनालले बताउनुभयो । सो क्रममा चट्टान झर्न सक्ने, थर्किएर पहिरो खस्न सक्ने सम्भावना रहेको प्राविधिक बताउँछन् । 

हिजोमात्रै घुमाउनेमा खसेको चट्टानी पहिरोले अरु सजगता अपनाउनुपर्ने सङ्केत गरेको छ । उक्त पहिरोले पाँचवटा सवारीका साधनलाई पुर्दा दुईजनाको मृत्यु भएको थियो भने दुईजना घाइते भएका थिए । खनालले अप्रत्यासित रुपमा पहिरो खसेको बताउनुभयो । 

सो क्षेत्रमा ४८ मिटर माथिबाट भित्तो काट्ने काम भइरहेको छ । दुईवटा लोडर र दुईवटा एक्साभेटर प्रयोग गरेर खन्ने काम भइरहेको क्षेत्रमा पहिरो खसेको हो । सडकबाट करिब २० मिटर माथिबाट चट्टानको ढिस्को झरेको उहाँले बताउनुभयो । तीन चार दिनदेखि परेको पानी चट्टानभित्र पसेर ढिस्को झरेको अनुमान गरिएको छ । 

सो आयोजनाका प्रमुख इञ्जिनियर चन्द्रनारायण यादवले पानी पर्दा र नपर्दा भित्तो काटिएको ठाउँमा सावधानी अपनाउनै पर्ने बताउनुभयो । जबसम्म भित्तो काटिएका ठाउँमा घाँस पलाउँदैन तबसम्म खतरा रहिरहने भन्दै उहाँले धेरै डराउनुपर्ने तर सावधानी भने अपनाउनै पर्छ भन्नुभयो । 

नयाँ भित्तो काटिएका ठाउँमा जहाँकहीँ जोखिम हुने भन्दै उहाँले हावाहुरी र बढी सुख्खा हुँदासमेत ती क्षेत्रमा ढुङ्गा र पहिरो खस्न सक्ने हुँदा सावधानी अपनाएरमात्रै यात्रा गर्न उहाँले आग्रह गर्नुभयो । सकेसम्म कम जोखिम होस् भन्नका लागि झर्न लागेका ढिस्का झारेर सडकलाई कम जोखिम बनाउन लागिपरेको उहाँले बताउनुभयो । 

यसअघि नै आयोजनाले साना सवारीसाधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गर्दै आइरहेको छ । आउँदो पुस महिनासम्ममा काम सम्पन्न गर्ने लक्ष्यका साथ तीव्र गतिमा काम भइरहेको उहाँले बताउनुभयो । सो सडक हुँदै दैनिक सात हजारको हाराहारीमा सवारी साधन आवातजावत गर्ने गर्छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य