Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बाइस हजार घुससहित नापीका सर्वेक्षक पक्राउ

२०७३, २२ चैत्र मंगलवार ११:२३

चैत २२, धनुषा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले धनुषाबाट एक कर्मचारीलाई घुसको रकमसहित पक्राउ गरेको छ । 

जग्गाको सर्वेक्षण पासका लागि सेवाग्राहीसँग रु २२ हजार घुस लिएको रकमसहित नापी कार्यालय धनुषामा कार्यरत सर्वेक्षक रामलोचन ठाकुरलाई पक्राउ गरिएको हो । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय बर्दिबासबाट प्रहरी उपरीक्षक राजकुमार लम्सालको नेतृत्वमा खटेको टोलीले ठाकुरलाई पक्राउ गरेको हो । 

गोप्य उजुरीका आधारमा सेवाग्राहीसँग सर्वेक्षक ठाकुरले घुस लिएर काम गर्ने कोठामा गएको समयमा अख्तियारको टोलीले उनलाई खानतलासी गरेपछि रु २२ हजार घुसको रकमसहित रङ्गेहात पक्राउ गरिएको अख्तियारका प्रहरी उपरीक्षक लम्सालले जानकारी दिनुभयो । 

अख्तियारले विगत केही दिनदेखि मालपोत, नापीलगायत सेवाग्राहीको बढी भीड रहने कार्यालयमा अनुगमन बढाएको छ । विगत केही दिन पहिले मात्र धनुषाको मालपोत कार्यालयबाट एक कर्मचारीलाई अख्तियारले घुससहित पक्राउ गरेको थियो । 

धनुषाकै नापी कार्यालयबाटै आइतबारमात्र नापी कार्यालयकै अमिन कृष्ण जोशीलाई समेत रु ३० हजार घुसको रकमसहित पक्राउ गरेको थियो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश