चैत २२, भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिकामा दुईजना कार्यकारी अधिकृत भएपछि कर्मचारी र सेवाग्राही अन्योलमा परेका छन् ।

गत फागुन २७ गते स्थान"/>

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

चैत २२, भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिकामा दुईजना कार्यकारी अधिकृत भएपछि कर्मचारी र सेवाग्राही अन्योलमा परेका छन् ।

गत फागुन २७ गते स्थान"/>

२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एकै नगरपालिकामा दुई कार्यकारी अधिकृत, कर्मचारीदेखि सेवाग्राहीसमेत अन्योलमा

२०७३, २२ चैत्र मंगलवार ११:४६


चैत २२, भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिकामा दुईजना कार्यकारी अधिकृत भएपछि कर्मचारी र सेवाग्राही अन्योलमा परेका छन् ।

गत फागुन २७ गते स्थानीय तहको पुनःसंरचनाको क्रममा जिल्लाको नगरकोट नगरपालिका चाँगुनारायण नगरपालिकामा गाभिएपछि यस नगरपालिकामा दुई कार्यकारी अधिकृत कार्यरत छन्।

सरकारले चैत ४ गते कार्यकारी अधिकृतहरुको सरुवा गर्ने क्रममा साविक चाँगुनारायण नगरपालिकामा कार्यकारी अधिकृत लोकनाथ भुसाललाई स्थानीय तह पुनःसंरचना घोषणा भएपछि गाभिएको चाँगुनारायण नगरपालिकामा सरुवा गरेको थियो।

नगरकोट नगरपालिकामा कार्यरत कार्यकारी अधिकृत राजेन्द्र कार्कीलाई भने महोत्तरीको बर्दिबासमा सरुवा गरेको थियो । सरुवा भएका कार्यकारीलाई तत्काल खटाएको स्थानीय तहमा काम गर्न जान सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले निर्देशन दिए पनि कार्की भने अटेर गरेर बसेका हुन् ।

वरिष्ठताका आधारमा आफू चाँगुनारायण नगरपालिकामै हुनुपर्ने अडान राख्दै सरुवाप्रति असन्तुष्ट जनाएर कार्कीले मन्त्रालयमा पुनःमूल्याङ्कन गर्न आवेदन दिएपछि मन्त्रालयले चैत ९ गते सिराहको मिर्चैया नगरपालिकामा सरुवा गरेको थियो।

सरुवा पत्र बोकेर चाँगुनारायण नगरपालिकामा हाजिर हुन आएका भुसाललाई कार्कीले हाजिर गर्न नदिएपछि साविक चाँगुनारायण नगरपालिकाकै पुरानो हाजिर कापीमा हाजिर गर्दै आएका छन्।

भुसालले भने – “मैले रमानापत्र लिएर आए पनि हाजिर गर्न पाइनँ, पुरानै हाजिर कापीमा हाजिर गरेको छु, सरकारले खटाएको ठाउँमा जानुपर्ने कर्मचारीको दायित्व हो, तर यहाँ त्यसो हुन सकेन, दुईजना कार्यकारी अधिकृत हुँदा कर्मचारीदेखि सेवाग्राहीसमेत अन्योलमा परेका छन् ।”

सञ्चारकर्मी नगरपालिकामा पुग्दा दोस्रो तलामा कार्कीले कार्यालय चलाउनुभएको र तेस्रो तलामा भुसालले कार्यालय चलाएर काम गरेको पाइएको थियो । कार्यालयको ढोकामा दुवै कार्यकारी अधिकृतको नाम प्लेट टाँसिएको पाएपछि सेवाग्राही थप अन्योलमा परेका हुन्।

नगरपालिकाका कर्मचारीका अनुसार पुरानो नगरकोट नगरपालिकाका कर्मचारीले सेवाग्राहीको काम कार्कीको टेबुलमा लैजाने र चाँगुनारायण नगरपालिकाका कर्मचारीले भुसालको टेबुलमा सेवाग्राहीको काम लैजाने गरेका छन्। यसो गर्दा एउटै नगरपालिकामा पनि दुई कार्यालय भएको जस्तो भएको र कर्मचारीसमेत विभक्त भएको एक कर्मचारीले बताए।

दुई कार्यकारी हुँदा सेवाग्राहीदेखि कर्मचारीसमेत अन्योलमा परेको गुनासो गर्दै कर्मचारीहरुले भुसालले कार्कीले रमानापत्र बनाउन कर्मचारीलाई भन्ने तर कार्कीले रमानापत्र बनाउन नदिने हुँदा कर्मचारीमै विवाद आएको गुनासो गरेका छन् ।

कार्यालयमा सेवाग्राही आएका सेवाग्राहीलाई सिफारिसलगायतका काम गर्न कुन कार्यकारी अधिकृत कहाँ जाने भन्ने अन्योलमा पर्ने गरेका छन् । घरको तला थप्ने कामका लागि सिफारिस लिन आएका चाँगुनारायण नगरपालिका दुवोकाटका ज्ञानेन्द्र दाहालले दुई हाकिम हुँदा समयमा काम नहुने र अन्योल हुने भएकाले काममा समेत ढिलासुस्ती हुने गरेको बताए । 

कार्यकारी अधिकृत कार्कीले भने आफूले वरिष्ठताका आधारमा यही नगरपालिकामा काम गर्न पाउनुपर्ने दाबी गर्दै यद्यपि सरकारले सुनुवाइ नगरे खटाएको ठाउँमा जान तयार रहेको बताए । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ