Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

लमजुङमा विषालु च्याउ खाँदा ११ बर्षीय बालिकाको मृत्यु

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>चैत २२, लमजुङ । </b>विषालु च्याउ खाँदा लमजुङमा एक बालिकाको मृत्यु भएको छ ।&nbsp;<br></p><p>मध्यनेपाल नगरपालिका–५ रम्घा जगनपुरकी ११ वर्षीया सङ्गीता थापाको मृत्यु भएको हो । घर नजिकैको जङ्गलबाट च्याउ ल्याएर सोमबार साँझ तरकारी खाएपछि थापासहित उनका परिवारका पाँच जना बिरामी भएका थिए । बिरामी भएका थापा परिवारलाई छिमेकीले उपचारका लागि पोखरा लगेका थिए ।&nbsp;</p><p>थापाको पोखरा गण्डकी अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको हो । च्याउ खाएर बिरामी भएका अन्य चार जनालाई उपचारपछि घर ल्याइएको प्रहरीले जनाएको छ । रासस&nbsp;</p>