अजयकुमार साह/चैत २४, उदयपुर । उदयपुरको पूर्वि भेगमा भईरहेको अत्यधिक नदि कटान नियन्त्रणका लागि राष्ट्रपतिबाटै कदम चालिने भएको छ । 

त्यस्तै नदि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

अजयकुमार साह/चैत २४, उदयपुर । उदयपुरको पूर्वि भेगमा भईरहेको अत्यधिक नदि कटान नियन्त्रणका लागि राष्ट्रपतिबाटै कदम चालिने भएको छ । 

त्यस्तै नदि"/>

2026-09-19 02:59 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

उदयपुरको नदि कटान नियन्त्रणका लागि करिब सात अरवको योजना


अजयकुमार साह/चैत २४, उदयपुर । उदयपुरको पूर्वि भेगमा भईरहेको अत्यधिक नदि कटान नियन्त्रणका लागि राष्ट्रपतिबाटै कदम चालिने भएको छ । 

त्यस्तै नदि कटान नियन्त्रणका लागि अरबौं बजेट लगानी गरिने बुधबार सार्वजनिक गरिएको छ ।  राष्ट्रपति विद्यादेवी भण्डारीले बिहिबार उदयपुरको त्रियुगा नदी कटान क्षेत्रको हेलीकप्टरबाट अवलोकन गरी कटानलाई नियन्त्रणमा लिन विशेष योजना सञ्चालन गर्ने बताउनु भएको छ ।

नदि कटान क्षेत्रको प्रत्यक्ष अवलोकन पछि चौदण्डीगडी नगरपालिका वडा नं. ५ सिवाईमा आयोजित कार्यक्रममा बोल्दै राष्ट्रपति भण्डारीले सो कुरा बताउनु भएको हो । उहाँले त्रियुगा नगरपालिका क्षेत्र देखि उदयपुरको अधिकाँश पूर्वि भाग सप्तकोशी देखी सुनसरीको चतरा त्यस्तै उदयपुरको चौदण्डीगडी नगरपालिका सम्मको नदि कटान क्षेत्रको अवलोकन गर्नुभएको छ ।  

चतरादेखि चौदण्डीगडी ४२ किलोमिटर माथि त्रियुगा नगरपालिकाको होक्से कालिखोलासम्मको भागमा अत्याधिक कटान भई धनजनको क्षती हुदै आएको छ । 

उक्त कुरालाई मध्यनजर गर्दै उहाँले हेलिकेप्टरबाट कटान क्षेत्रको अवलोकन गर्नुभयो । उहाँले जनधनको सुरक्षा र विकास निर्माणको निमित्त विशेष चासो राख्दै ठूलो मात्रामा भईरहेको नदी कटानलाई रोक्न विशेष योजनासहितको कार्यक्रम सन्चालन गर्ने प्रतिबद्धता ब्यक्त गनुभयो । यस समस्याप्रति पहिलेदेखि नै आफु जानकार रहेको पनि उहाँले बताउनुभयो । उहाँले आफु समस्या हलको निम्ति प्रतिबद्ध रहेको, त्यसमा सांसदहरुको उत्तिकै साथ र जनताको सहयोग आवश्यक रहेको पनि बताउनुभयो ।

कार्यक्रममा जलउत्पन्न प्रकोप ब्यवस्थापन डिभिजन नं. ४ का प्रमूख रामनरेश मण्डलले सात अरब लागतको नदि कटान नियन्त्रण गुरु योजना निर्माण गरिएको जानकारी दिनुभयो । नदि कटान नियन्त्रण भएमा ४ सय हेक्टर जग्गा उकास हुने, १० हजार बढी घरधुरी र लाखौं जनता प्रत्यक्ष लाभान्वित हुने उहाँले जानकारी दिनुभयो । नदीको दुबै किनारमा पाँचमिटरको सडकसहितको ड्याम निर्माण गरि विकासमा तिब्रता दिईने पनि उहाँले बताउनुभयो ।

कार्यक्रममा स्वागत गर्दै सांसद डाक्टर नारायण खड्का र मञ्जकुमारी चौधरीले  विकास र जनप्रेमी राष्ट्रपतिलाई उदयपुरमा पाउनु उदयपुरबासीको गौरबको विषय भएको बताउनु भयो । प्रमूख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले नदी कटानको समस्याको बारेमा जानकारी राख्दै कटान नियन्त्रण हुने वित्तिकै विकासले ठूलो फड्को मार्ने बताउनुभयो । उच्च सुरक्षाकाबीच भएको कार्यक्रममा सुरक्षा प्रमूखहरु, कार्यालय प्रमूख, पत्रकार तथा नागरिकसमाजको बाक्लो उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई