अजयकुमार साह/चैत २४, उदयपुर । उदयपुरको पूर्वि भेगमा भईरहेको अत्यधिक नदि कटान नियन्त्रणका लागि राष्ट्रपतिबाटै कदम चालिने भएको छ । 

त्यस्तै नदि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

अजयकुमार साह/चैत २४, उदयपुर । उदयपुरको पूर्वि भेगमा भईरहेको अत्यधिक नदि कटान नियन्त्रणका लागि राष्ट्रपतिबाटै कदम चालिने भएको छ । 

त्यस्तै नदि"/>

२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

उदयपुरको नदि कटान नियन्त्रणका लागि करिब सात अरवको योजना

२४ चैत्र २०७३, बिहीबार ०२:०५


अजयकुमार साह/चैत २४, उदयपुर । उदयपुरको पूर्वि भेगमा भईरहेको अत्यधिक नदि कटान नियन्त्रणका लागि राष्ट्रपतिबाटै कदम चालिने भएको छ । 

त्यस्तै नदि कटान नियन्त्रणका लागि अरबौं बजेट लगानी गरिने बुधबार सार्वजनिक गरिएको छ ।  राष्ट्रपति विद्यादेवी भण्डारीले बिहिबार उदयपुरको त्रियुगा नदी कटान क्षेत्रको हेलीकप्टरबाट अवलोकन गरी कटानलाई नियन्त्रणमा लिन विशेष योजना सञ्चालन गर्ने बताउनु भएको छ ।

नदि कटान क्षेत्रको प्रत्यक्ष अवलोकन पछि चौदण्डीगडी नगरपालिका वडा नं. ५ सिवाईमा आयोजित कार्यक्रममा बोल्दै राष्ट्रपति भण्डारीले सो कुरा बताउनु भएको हो । उहाँले त्रियुगा नगरपालिका क्षेत्र देखि उदयपुरको अधिकाँश पूर्वि भाग सप्तकोशी देखी सुनसरीको चतरा त्यस्तै उदयपुरको चौदण्डीगडी नगरपालिका सम्मको नदि कटान क्षेत्रको अवलोकन गर्नुभएको छ ।  

चतरादेखि चौदण्डीगडी ४२ किलोमिटर माथि त्रियुगा नगरपालिकाको होक्से कालिखोलासम्मको भागमा अत्याधिक कटान भई धनजनको क्षती हुदै आएको छ । 

उक्त कुरालाई मध्यनजर गर्दै उहाँले हेलिकेप्टरबाट कटान क्षेत्रको अवलोकन गर्नुभयो । उहाँले जनधनको सुरक्षा र विकास निर्माणको निमित्त विशेष चासो राख्दै ठूलो मात्रामा भईरहेको नदी कटानलाई रोक्न विशेष योजनासहितको कार्यक्रम सन्चालन गर्ने प्रतिबद्धता ब्यक्त गनुभयो । यस समस्याप्रति पहिलेदेखि नै आफु जानकार रहेको पनि उहाँले बताउनुभयो । उहाँले आफु समस्या हलको निम्ति प्रतिबद्ध रहेको, त्यसमा सांसदहरुको उत्तिकै साथ र जनताको सहयोग आवश्यक रहेको पनि बताउनुभयो ।

कार्यक्रममा जलउत्पन्न प्रकोप ब्यवस्थापन डिभिजन नं. ४ का प्रमूख रामनरेश मण्डलले सात अरब लागतको नदि कटान नियन्त्रण गुरु योजना निर्माण गरिएको जानकारी दिनुभयो । नदि कटान नियन्त्रण भएमा ४ सय हेक्टर जग्गा उकास हुने, १० हजार बढी घरधुरी र लाखौं जनता प्रत्यक्ष लाभान्वित हुने उहाँले जानकारी दिनुभयो । नदीको दुबै किनारमा पाँचमिटरको सडकसहितको ड्याम निर्माण गरि विकासमा तिब्रता दिईने पनि उहाँले बताउनुभयो ।

कार्यक्रममा स्वागत गर्दै सांसद डाक्टर नारायण खड्का र मञ्जकुमारी चौधरीले  विकास र जनप्रेमी राष्ट्रपतिलाई उदयपुरमा पाउनु उदयपुरबासीको गौरबको विषय भएको बताउनु भयो । प्रमूख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले नदी कटानको समस्याको बारेमा जानकारी राख्दै कटान नियन्त्रण हुने वित्तिकै विकासले ठूलो फड्को मार्ने बताउनुभयो । उच्च सुरक्षाकाबीच भएको कार्यक्रममा सुरक्षा प्रमूखहरु, कार्यालय प्रमूख, पत्रकार तथा नागरिकसमाजको बाक्लो उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य