2026-09-19 01:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

कास्कीमा ३०० जनालाई मतदाता शिक्षा तालिम दिइयो

चैत २४, पोखरा । आसन्न स्थानीय तहको निर्वाचनलाई लक्ष्य गरी कास्की जिल्लामा ३०० जनालाई मतदाता शिक्षा स्वयम्सेवक तालिम दिन सुरु गरिएको छ । 

जिल्लाभित्र १५० मतदानस्थल रहेकामा मतदाता सङ्ख्याको आधारमा लगभग ३०० मतदान केन्द्र हुनेछन् । प्रत्येक केन्द्रमा मतदाता शिक्षा दिन एक जना प्रशिक्षक पठाउने तयारीस्वरुप तालिम प्रदान गर्न लागिएको क्षेत्रीय निर्वाचन कार्यालय पोखराका प्रमुख गङ्गालाल सुवेदीले जानकारी दिनुभयो । 

स्वयम्सेवक तालिमका लागि समूहगत विभाजन गरी एउटा समूहमा ३० देखि ३५ जनासम्मलाई समावेश गरिएको छ । यही चैत २८ गते तालिम सम्पन्न गरी वैशाख १ गतेदेखि सबै केन्द्रमा प्रशिक्षक खटाइने योजना छ । 

सुवेदीका अनुसार निर्वाचन कार्यालयले यसअघि क्षेत्रीय स्तरमा सञ्चालन गरेको प्रशिक्षणमा निर्वाचन कार्यालयका कर्मचारी, शिक्षा कार्यालयका स्रोत व्यक्ति र सामाजिक विषयका शिक्षकलाई तालिम प्रदान गरेकामा तिनै तालिम प्राप्त व्यक्तिले जिल्लाभित्र स्वयम्सेवक तालिम प्रदान गरेका छन् । 

स्वयम्सेवक तालिम लिने प्रशिक्षार्थीमा सामाजिक परिचालक, बालविकास केन्द्रका शिक्षक, स्वास्थ्य स्वयम्सेविका र प्राथमिक तहमा अध्यापनरत शिक्षकमध्येबाट रहेको कार्यालयले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो