पढ्न करिब 1 मिनेट लाग्छ

चैत २६, चितवन । लगातार तेस्रो वर्ष शून्य चोरी सिकार वर्ष मनाउने तयारी गरिरहँदा चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ एक सिङ्गे गैँडा चोरी सिकारीबाट मारिएको छ ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी तथा सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालका अनुसार आज बिहान खाग नभएको अवस्थामा एउटा भाले गैँडा मृत फेला परेको हो ।

चितवन निकुञ्जको मध्यवर्ती क्षेत्र अन्तर्गत जगतपुरको हरियाली सामुदायिक वनमा चोरी सिकारीले मारेको अवस्थामा गैँडा फेला परेको जानकारी आएको अर्यालले जानकारी दिनुभयो ।

अहिले सो क्षेत्रमा निकुञ्जको टोली परिचालन गरिएको र विस्तृत विवरण भने आउन बाँकी रहेको अर्यालले बताउनुभयो ।