चैत २८, बुटवल । एकीकृत सेवा प्रदान गर्ने उद्देश्यले नेपालको प्रमुख व्यापारिक प्रतिष्ठान भाटभटेनी सुपरमार्केटको १३औँ व्यापारिक कम्प्लेक्स बुटवलमा सञ्चालनमा आउने भ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चैत २८, बुटवल । एकीकृत सेवा प्रदान गर्ने उद्देश्यले नेपालको प्रमुख व्यापारिक प्रतिष्ठान भाटभटेनी सुपरमार्केटको १३औँ व्यापारिक कम्प्लेक्स बुटवलमा सञ्चालनमा आउने भ"/>
2026-09-19 01:29 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

भाटभटेनी सुपरमार्केटको १३औँ कम्प्लेक्स बुटवलमा

चैत २८, बुटवल । एकीकृत सेवा प्रदान गर्ने उद्देश्यले नेपालको प्रमुख व्यापारिक प्रतिष्ठान भाटभटेनी सुपरमार्केटको १३औँ व्यापारिक कम्प्लेक्स बुटवलमा सञ्चालनमा आउने भएको छ । 

एउटै भवनबाट सबै किसिमको व्यापारिक सेवा प्रदान गर्ने उद्देश्यले खडा बुटवल उपमहानगरपालिका–८ को मुख्य क्षेत्र सुख्खानगरमा खडा गर्न लागिएको आठ तलाको बहुउद्देश्यीय व्यापारिक भवनको निर्माण कार्य सम्पन्न भएको छ । भवन निर्माणसँगै नयाँ वर्षको दिनदेखि नै व्यावसायिक सेवा सुरु गरिने कम्पनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले जानकारी दिनुभयो । 

गत असारदेखि निर्माण सुरु भएको व्यापारिक कम्प्लेक्स भवन कुल आठ कठ्ठा क्षेत्रफलमा निर्माण भएको र भवन निर्माण मात्र रु ३५ करोड लगानी भएको अध्यक्ष गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार भवनका लागि जग्गा गरिद र व्यवसाय सञ्चालनको अवस्थासम्मको लगानी रु ९० करोड पुगेको छ । 

निर्माण सुरु भएको झन्डै १० महिनामा सञ्चालन हुन लागेको यो सुपरमार्केटको भवन निर्माणमा दैनिक ३०० भन्दा बढी कामदार परिचालन भएका छन् । “हामीले दक्ष र युवा इन्जिनियरको कन्सल्टेन्टलाई जुन समयसीमा तोकेर जिम्मा दिएका थियौँ, त्यही समयमै काम सकिएको छ, यो नै हाम्रो सफलता हो” – अध्यक्ष गुरुङले भन्नुभयो । 

स्थानीय उत्पादन, स्थानीय जनशक्ति र स्थानीय बजार भन्ने मुख्य लक्ष्य बनाएको यो सुपरमार्केटको सञ्चालनमा स्थानीय गाउँघरमा उत्पादित वस्तुको प्रवद्र्धन गरिने र दैनिक कामका लागि स्थानीय युवायुवतीलाई नै रोजगारी दिइने उहाँले बताउनुभयो । यसका लागि २०० प्रत्यक्ष र झन्डै पाँच हजारभन्दा बढी अप्रत्यक्ष रोजगार सिर्जना हुने उहाँको दाबी छ । 

यो सुपर कम्प्लेक्समा यसअघि सञ्चालनमा आएको कम्प्लेक्सभन्दा उपभोक्तालाई एकै स्थानमा बजार गर्ने सुविधासहित मनोरञ्जनको समेत सेवा उपलब्ध हुने अध्यक्ष गुरुङले बताउनुभयो । यसका लागि भवनको आठौँ तलामा दुईवटा अत्याधुनिक सिनेमा हल निर्माण गरिएका छन् । 

वैशाख १ गतेदेखि व्यावसायिक कारोबार सुरु गर्ने योजनामा रहेको यो व्यावसायिक प्रतिष्ठानले सेवा सुरु भएको एक सातासम्म विशेष छुटको योजना ल्याउने भएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई