पढ्न करिब 2 मिनेट लाग्छ

सिर्जना बर्देवा,चैत्र २९,ओखलढुंगा ।चर्चित सर्जक रामु खड्काको लयमा अर्को मर्मस्पर्शी गित बजारमा आएको छ । यस अघि दर्जनौ गित बजारमा ल्याएर धेरैको मन जित्न सफल खड्काले पछिल्लो समय अर्को एउटा नयाँ गित बजारमा ल्याएका हुन् ।

एक पछि अर्को गर्दै नेपाली लोक सांगितिक बजारमा आउने एक उत्कृष्ट लयका धनि सर्जक हुन रामु खड्का । पछिल्लो समयमा निकै नै मिठो अनि केही नयाँपन बोकेका लोक भाकाहरु बजारमा ल्याउने सर्जक भनेर चिनिन्छन खड्का । यसै क्रममा भर्खरै मात्र भिडियो सहित सार्बजनिक भएको गित हो “रोएर हेर” यस म्युजिक भिडियो लाई पनि देश तथा बिदेशमा रहेका हजारौं दर्शक स्रोताहरुले मनपराउन देखीएको छ । निकै मिठो मर्मस्पशी यस गितमा चर्चित गायीका बिष्णु माझी र दिपक परियार पाल्पालीले स्वर दिएका छन् ।

मन छुने शब्द कोरेका छन् रमेश परियार दिपक र राज अजिङ्गरले भने सर्जक रामु खड्काको उत्कृष्ट लय रहेको छ । साथै यस म्युजिक भिडियोमा चर्चित मोडेल सारिका केशी र राज अजिङ्गरको उत्कृष्ट अभिनय रहेको छ । यस भिडियो लाई चर्चित निर्देशक कपिल लामाले निर्देशन गरेका छन । त्यस्तै राजेश घिमिरे र हरिष महराको छायाँकन रहेको छ भने अमर शाक्यले भिडियोको सम्पादन गरेका छन । शिब फिल्मसले दृष्य निर्माण गरेको यस म्युजिक भिडियोलाई मालति डिजिटल म्युजिक प्रा.ली ले बजार व्यबस्थापन गरेको छ ।

भिडियाे हेर्नुहाेस् >> https://www.youtube.com/results?search_query=royera+hera+