२०८३, ४ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चालकले बेहोस अवस्थामा छाडेकी महिला भारतको बरेली रिफर, मुद्धा दर्ता हुदैन: प्रहरी

२०७३, ३० चैत्र बुधबार ०७:१५


सास/चैत ३०, बैतडी । बैतडीको दोगडाकेदार गाँउपालिका–२ कपलकोटकी ३६ वर्षिय गौरा महरा आफन्तलाई भेट्न दोगडा केदार गाँउपालिकाको न्वाली भन्ने ठाँउमा आफन्तलाई भेट्न जादै थिईन् ।

सिल्लेगडाबाट से १ ज १२० नम्बरको सवारी जिपमा चढेकी महरालाई ड्राइभरले सम्बन्धित ठाँउमा उत्रन नदिई उत्रने ठाँउबाट करिब ८ किलोमिटर ताढा ढीकगाड भन्ने ठाँउमा उतारेको पीडीत महिलाको भनाई छ ।

आफन्तले पटक–पटक पटक फोन गर्दा चालकले राती करिब १० बजेतीर सम्बन्धित ठाँउमा ल्याई बेहोस अवस्थामा छोडेको पीडितका आफन्त भिमसिह कार्किले बताए । महिलाको दाँयाकानमा रहेका सुनको बाली खोलिएको, कपाल फिजिएको बेहोस अवस्थामा फेला परेपछि पीडितका आफन्तले प्रहरीलाई खबर गरेका थिए ।

जिल्ला अस्पताल बैतडीले महिले महिलाको अवस्था सामान्य  रहेको भनेपनि पछि पीडितको दबावका कारण ठाँउकोमा चोट लागेकी महरालाई सेती अञ्चल अस्पताल धनगढी रिफर गरिएको थियो । सेती अञ्चल अस्पतालमा पनि उपचार हुन नसकेपछि उनलाई नेपालगञ्ज रिफर गरिएको थियो ।

नेपालगञ्जमा पनि महिलाको उपचार हुन नसकेपछि पीडित महिलालाई भारतको बरेली रिफर गरिएको छ । पीडितका आफन्त न्यायको लागि विगत ३ दिन देखि सदरमुकाममा घुमिरहेका छन् ।

सवारी घटना भएकाले मुद्धा दर्ता गर्न नमिल्ने जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख डिएसपी हेरम्ब शर्माले बताए । तर पीडितका आफन्तले त्यस्तो दर्दनाक घटना हुदा समेत प्रहरीले मुद्धा दर्ता गर्न नमानेको आरोप लगाएका छन् ।

आफुहरु आर्थिक रुपमा कमजोर भएकाले प्रहरीले मुद्धा दर्ता गर्न नमानेको पीडितको आरोप छ । महिलाको अवस्था झन गम्बीर बन्दै जानु, प्रहरीले मुद्धा दर्ता नगर्नु, पीडितका आफन्त सदरमुकाममा न्यायका लागि घुमिरहनु र जिल्ला अस्पतालले महिले महिलाको अवस्था सामान्य छ भन्नुले घटना झन रहस्यमय बन्दै गएको छ । पीडितले ठाँउको चोट भएको बताएपछि अस्पतालले ठाँउको सम्बन्धि अफुहरुलाई थाहा नहुने भन्दै रिफर गरेका हुन् । 

चालक अहिले प्रहरीको हिरासतमा छन् । आरोपीका आफन्तपनि आरोपीलाई छुटाउन अनेक  कसरत गरिरहेका छन् । आरोपी पक्षका अनुसार महिलाले गाडीबाट हाम फालेकी हुन् ।

दर्दनाक अवस्थामा फेला परेकी एउटा महिलाको न्याय पाउने अधिकारमाथि पैसाको चलखेल नहोस !

तस्बिर: साझा सबाल

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ कर्णाली नदीमा डुंगा पल्टिँदा दुई जना बेपत्ता ओली भेट्न अस्पताल पुगे प्रचण्ड संसदीय समितिका सभापतिको निर्वाचन आज कांग्रेसको दुईवटै मुद्दामा सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा गिरावट कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला