२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

तेह्रथुममा नेकपा मालेको उम्मेदवारी घोषणा

२०७३, ३१ चैत्र बिहीबार ०५:३८

चैत ३१, तेह्रथुम | नेपाल कम्प्युनिस्ट पार्टी मालेले तेह्रथुमका छवटै स्थानीय तहको प्रमुख पदमा उम्मेदवारी घोषणा गरेको छ । 

बुधबार पार्टीका जिल्ला सचिव यमनाथ दाहालले एक प्रेस विज्ञप्ति जारी गर्दै जिल्लाका छवटै स्थानीय तहको निर्वाचनमा प्रमुख पदका उम्मेदवारको घोषणा गरेका हुन् । 

मालेले म्याङलुङ नगरपालिकाको मेयरमा डिल्ली बुढाथोकी र लालीगुराँस नगरपालिकाको मेयरमा छत्रबहादुर लिम्बूलाई उठाएको छ । 

यस्तै, मेन्छ्यायेम गाउँपालिका प्रमुखमा थानेश्वर घिमिरे, छथर गाउँपालिका प्रमुखमा माधव दाहाल, फेदाप गाउँपालिका प्रमुखमा भक्त रेग्मी र आठराइ गाउँपालिका प्रमुखमा कमल सिटौलाले उम्मेदवारी दिने विज्ञप्तिमा जनाइएको छ । 

मालेले छवटै स्थानीय तहका उपप्रमुख र वडाध्यक्षको समेत छिट्टै उम्मेदवारी घोषणा गर्ने भनेको छ । जिल्लामा अन्य ठूला दलले भने उम्मेदवारी घोषणा गरेका छैनन् । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ